नागढुंगाबाट चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

काठमाडौँ – काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट चोरीको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मंगलबार बिहान १ः३० मा महानगरीय ट्राफिक प्रहरीले धादिङ गल्छी गाउँपालिकाका २७ वर्षीय बिजय तामाङ र सोही स्थानका १८ वर्षीय आइतराज तामाङलाई पक्राउ गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार मोटरसाइकल चोरीमा संलग्न हुँदै आएका व्यक्तिहरुको गोप्य सूचनाको आधारमा प्रदेश ३–०२–०११प ७२४१ नम्वरको कालो रातो रंङ्गको १५० सी.सी.को पल्सर मोटरसाईकलसहित २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरु काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा मोटरसाइक चोरी गर्ने कार्यमा संलग्न हुँदै आएका थिए ।
महाशाखाका अनुसार उक्त मोटरसाइकल किर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको भएको र मोटरसाइकल काठमाण्डौं चोभारबाट हराएको भनि ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए ।
उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३–०२–०१४ प ०३३९ रहेको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले बताए ।
महाशाखाले उक्त मोटरसाईकल र पक्राउ परेका अभियुक्तसहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुर पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा