शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पीबीएस आईटी करियर कन्क्लेभ’ सम्पन्न, आईटीको द्रुत विकाससँगै भविष्यको लागि तयार रहन विज्ञहरुको जोड

मङ्गलबार, २८ पुस २०७७, १३ : ५८
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । ‘आर यु फ्युचर रेड्डी’ स्लोगन सहित प्रेसिडेन्सीएल बिजनेस स्कूलमा आयोजित दुईदिने आईटी करियर कन्क्लेभ सम्पन्न भएको छ । प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आईसीटीको संयुक्त आयोजनामा पुस २५ र २६ गते आयोजना भएको कार्यक्रममा विभिन्न ५ सेसनमा २५ बढी सूचना तथा प्रविधि क्षेत्र विज्ञहरुको आफ्नो धारण राखेका थिए । 

प्रविधि क्षेत्रमा भविष्य खोज्नेहरुलाई लक्षित गरेर आयोजना गरिएको यो आईटी करियर कन्क्लेभमा वत्ताहरुले अबको भविष्य प्रविधिसँगै जोडिएको हुँदा सोहिअनुकल व्यक्तिले ज्ञान आर्जन गर्ने तथा सरकारले प्रविधमैत्री वातावरणको सृजना गर्नुपर्ने कुरामा जोड दिएका थिए । इमर्जिङ प्रविधिहरुबारे छलफल गर्दै सुरु भएको कन्क्लेभ अबको १० वर्षभित्र नेपालमा आईटीको विकास कस्तो हुनसक्छ भन्ने विषयमा गएर टुङ्गिएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै पूर्वमन्त्री गणेश शाहले स्टार्टअप, इनोभेसन र उद्यमशिलतामा अबको भविश्य खोज्नुपर्ने बताए । यसैगरी आईटी विज्ञ मनोहर भट्टराईले सरकार पोलिसी निर्माणमा अघि रहेपनि कार्यान्वयन पक्ष फितलो हुँदा यो क्षेत्रमा अपेक्षाकृत प्रगती हुन नसकेको बताए । उनले अझैपनि युवाका समस्याहरु नबुझने र नेपाली इनोभेसनलाई सहजिकरण नगर्ने हो भने १० वर्षमा ठुलो परिवर्तन देख्न नसकिने बताए । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले अबको १० वर्षमा इगर्भनेन्सको क्षेत्रमा वदलाव आउने बताए । 

प्रधानमन्त्रीका आईटी सल्लाहकार अश्गर अलीले विगत केहि वर्षदेखि सरकारले आईटीलाई प्राथमिकतामा राखेर काम गरिरहेको हँुदा परिवर्तन सम्भव रहेको बताए । नागरिक एपले चाँडै मुर्तरुप लिने बताउँदै उनले सरकारले नारिकलाई दिने सेवाहरु अब घर बसेरै प्रविधिको प्रयोग गरेर लिन पाउने कुरा उल्लेख गरे । साथै, अब डिजिटल प्रविधिले अन्य क्षेत्रलाई ड्राइभ गर्नुपर्ने कुरामा जोड दिए । 

मेड सफ्टकी सीईओ प्रनिता उपाध्यायकाअनुसार अबको १० वर्षमा घरबाटै काम गर्न सकिने तथा परम्परागत अफिसको आवश्यकता नपर्ने स्थितिको सृजना हुनसक्ने बताइन् । साथै भौतिक पूर्वाधार र साइबर सुरक्षामा पनि एकदमै बदलाव आउने उनले बताएकी थिइन् । कार्यक्रममा कम्प्युटर वैज्ञानिक मुनि बहादुर शाक्यले आफ्ना अनुभवहरु बाढेका थिए । नलेज स्पेसियलिस्ट हेमपाल श्रेष्ठले सञ्चालन गरेको उक्त सेसनमा डिजिटल नेपाल र यसका एजेन्डाको विषयमा पनि छलफल भएको थियो ।

यो महत्वपूर्ण सेसनसँगै कार्यक्रममा इनोभेसन र टेक्नोलोजिकल उद्यमशिलता, इमर्जिङ टेक्नोलोजी र कनेक्टिङ ट्यालेन्ट्स टु दि वल्र्ड विषयमा पनि प्यानल डिस्कसन सञ्चालन भएको थियो । कार्यक्रममा धेरै सहभागीहरु भर्चुअल रुपमा पनि सहभागी भएका थिए र भौतिक रुपमा भने स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न सरोकारवाला तथा मिडियाको उपस्थिीति रहेको थियो । 

पहिलो सेसन ‘इमर्जिङ टेक्नोलोजी इन आइटी इण्डष्ट्री’ मा योङ इनोभेसनका सिईओ बिभुषण बिष्ट, क्लाउड फ्याक्ट्रीकी बरिष्ठ सफ्टचेयर इन्जिनियर माधुरी श्रेष्ठ, नेपाल खुल्ला विश्वविद्यालयका कार्यक्रम संयोजक डा. भोजराज घिमिरे र फ्यूज क्लासरुमका निर्देशक पराग श्रेष्ठ विषय विज्ञका रुपमा सहभागी भएका थिए । 

दोश्रो सेसन ‘इनोभेसन एण्ड टेक्नोलोजीकल आन्टरप्रेनरसीप’ विषयमा सञ्चालन भएको थियो । यो सेसनमा खल्तीका सह–सस्थापक मनिष मोदी, फुडमाण्डूका संस्थापक मनोहर अधिकारी र जीवी हेल्थका प्रबन्ध निर्देशक आभुसन ज्योती कंसाकार विषय विज्ञका रुपमा सहभागी भएका थिए । मोडरेटरको भूमिकामा काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक रोशी लामिछाने रहेकी थिइन ।

त्यस्तै तेस्रो सेसनमा आईटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्युएनए सेसन सञ्चालन भएको थियो । यस सेसनमा मेरो लगानीका सिईओ अतितलाल श्रेष्ठ र लिफ्रग टक्नोलोजीकी स्वेच्छा बिष्टले सहभागीहरुकाो जिज्ञासाको जवाफ दिएका थिए । 

अमेरिकन विजनेश तथा आईटी डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल विजनेश स्कुलले पहिलोपटक आईटी करियर कन्क्लेभ सफलतापूर्वक सम्पन्न गरेको कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए । आगामी दिनमा आईटीको भविष्य सुमधुर रहेको बताउँदै केसीले यसको लागि योग्य र दक्ष विद्यार्थी उत्पादनमा जोड दिने र आईटी उद्योगसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप