शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर आर क्याम्पसका प्राध्यापक पक्राउ

मङ्गलबार, २८ पुस २०७७, १३ : ०३
मङ्गलबार, २८ पुस २०७७

काठमाडौँ – रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् । 

क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । 

प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएका थिए । 

ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसबाट नै पक्राउ गरिएको एसएसपी सिंहले बताए । 

एसएसपी सिंहका अनुसार आचार्यमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप