आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जगदम्बा मोटर्सले ‘प्रोटोन साँगा’ को भर्चुअल लञ्च गर्दै

मङ्गलबार, २८ पुस २०७७, १२ : ४८
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन ‘प्रोटोन साँगा’ पुस २९ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जगदम्बा मोटर्सले जनाएको छ । 

उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा गइ त्यहाँ दिइएको द न्यू प्रोटोन साँगा भर्चुअल लञ्च इभेन्टमा क्लिक गरि गोइङ अथवा इन्ट्रेस्टेडमा क्लिक गर्नुपर्ने हुन्छ ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी  रहेको छ जसले १९८५मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन् भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।

प्रोटोन साँगा उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको सेडान रहेको छ । यसका एक्स्टिरियर देखि लिएर इन्टेरियरसम्म सबैको ध्यानाकर्षण गर्न योग्य रहेका छन् । यसमा समाहित १.३ लिटरको भीभीटी इन्जिन १२९९ सीसीको रहेको छ जसको पावर क्षमता अरुसँग अतुलनिय छ । 

यसैगरी मनोरञ्जन विधाका लागि यसमा नयाँ स्मार्टफोन कनेक्टिभिटी जस्तो विशेष सुविधा जडान गरिएको छ, जसले ड्राइभिङ्गका क्रममा मनोरञ्जन प्रदान गरिरहन्छ । यसमा रहेको ४२० लिटर क्षमताको ट्रंक रिलिज कतै यात्रा गर्दा आफुले चाहेजति सामान अथवा लगेजहरु अटाउनका लागि काफी छ भने इन्टेरियर एन् ९५ फिल्टरले दुषित हावाबाट यात्रु र गाडीलाई जोगाइ राख्दछ । यसैगरी, अगाडि बस्ने चालक र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यसमा एसआरएस एयर ब्याग्सको समेत सुविधा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप