बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनले एलएसी पारी पूर्वी लद्दाखबाट हटायो १० हजार सैनिक

मङ्गलबार, २८ पुस २०७७, ११ : ५०
मङ्गलबार, २८ पुस २०७७

चीनले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा पारीबाट आफ्ना १० हजार सैनिक फिर्ता बोलाएको छ । 

पत्रिका हिन्दूले यो बारे समाचार एजेन्सी एएनआईको एक खबरलाई प्रकाशित गरेको छ । 

यसका सरकारी स्रोतलाई उद्धृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखमा एलएसी नजिकैबाट सम्भवतः अत्यधिक चिसोका कारण आफ्ना सैनिक फिर्ता बोलाएको जानकारी दिएको छ । 

चिनियाँ सेनाले यो इलाकामा आफ्ना जवानलाई तालिम दिने गर्दछ । 

यद्यपि, मोर्चामा उसका सैनिक अहिले पनि तैनाथ छन् । साथै त्यहाँ गत वर्ष मे मा भारत र चीनबीच भड्किएको तनावपछि तैनाथ गरिएको भारी बन्दोबस्त पनि यथावत् छ । 

खबरका अनुसार लगभग डेढ सय किलोमिटरको यो तालिम गर्ने इलाका एलएसीको भारतीय हिस्सासँग जोडिएको छ । 

भारतीय सेनाले पनि चिनियाँ गरेको बन्दोबस्तलाई मध्यनजर गर्दै भारी सामान र लगभग ५० हजार सैनिकलाई तैनाथ गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप