केन्द्रीय संस्करण
स्वामी विवेकानन्दको जन्मजयन्ती

सप्तर्षिलोकका ऋषि स्वामी विवेकानन्द

person explore access_timeपुस २८, २०७७ chat_bubble_outline0

स्वामी विवेकानन्द विगत शताब्दीका एक महान सन्त, तेजस्वी ऋषि र आफ्नो गुरु प्रति पूर्ण समर्पित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको बारेमा हिन्दु जगतमा नाम नसुन्ने व्यक्ति शायदै होला । स्वामी विवेकानन्दले हिन्दुहरूको गुमेको प्रतिष्ठा र गौरव फर्काउनु भयो । भारत इस्लामी र अंग्रेज शासकहरुको गुलामीमा सयौं वर्षदेखि पिल्सिएको थियो । भारतलाई पश्चिमी जगतमा सर्प, हात्ती नचाउने, जादुटुनामा विश्वास गर्ने अविकसित देशको रुपमा बुझिन्थ्यो । हिन्दुहरू सबै प्रकारले निराश दुःखी र लाचार थिए । पश्चिमाहरूको सांस्कृतिक र धार्मिक आक्रमणले हिन्दु समाज अपमानित थियो । हिन्दु जगत विपन्न थियो र त्यो विपन्नताको परिणाम स्वरुप अनकौं हिन्दुहरुको धर्म परिवर्तन भइरहेको थियो ।

त्यस समयमा स्वामी विवेकानन्दले तेजस्वी र प्रतिभा पूर्ण ढंगले हिन्दु जातिको गौरव र गरिमालाई पुर्नस्थापना गर्नुभयो र उहाँले भारतमा मात्रै हैन सुदूर अमेरिका, बेलायत जस्ता भौतिक विकासको शिखर छुएका पाश्चात्य देशहरुमा गएर उपनिषद्, योग र वेदान्तलाई प्रतिष्ठित गर्नुभयो । स्वामी विवेकानन्द पछि जति पनि हिन्दु योगी, तपस्वी र गुरुहरु पश्चिमी जगतमा गए, उनीहरूले स्वामी विवेकानन्दले मार्गप्रशस्त गरेको पृष्ठमूभिमा आफ्नो कार्यलाई अगाडि बढाए । पश्चिमी जगतमा पूर्वीय धर्मलाई दिलाएको सम्मानका लागि उहाँको जति प्रशंसा गरेपनि कमै हुन्छ । नरेन्द्र स्वामी विवेकानन्दको संन्यासपूर्वको नाम हो । उहाँको बारेमा स्वयम् उहाँका गुरु रामकृष्ण परमहंसले बारम्बार भन्नुहुन्थ्यो कि नरेन्द्र सामान्य मानिस होइन । परमहंस भन्नुहुन्थ्यो, – “नरेन्द्र त साक्षात् नारायणको अवतार हो ।” विवेकानन्दको बारेमा कसैले शिकायत ग-यो भने रामकृष्ण परमहंसले नरेन्द्रमा कुनै अपवित्रता छैन्, ऊ महान कार्य गर्न जन्म लिएर आएको छ भनी प्रसंसा गर्नुहुन्थ्यो ।  

स्वामी विवेकानन्दको जन्म १२ जनवरी १८६३ मा कोलकताको एक सुसंस्कृत दत्त परिवारमा भएको थियो । उनको पिताको नाम विश्वनाथ दत्त थियो जो त्यससमय एक प्रख्यात वकिल हुनुहुन्थ्यो । उनको हजुरबुवा निकै धनाढ्य हुनुहुन्थ्यो । तर उनी पच्चीस बर्षकै आयुमा सन्यासी भएर घर छोडेर हिडे । हजुरबुवाको त्यो त्यागको गाथाले स्वामी विवेकानन्दलाई पनि वैरागी हुने प्रेरणा बच्चैदेखि मिल्यो । स्वामी विवेकानन्दको हृदयमा पनि बारम्बार परिवार छोडेर जोगी बैरागी भएर हिँड्ने प्रवल इच्छा थियो । तर उनलाई त्यो मौका मिलेन त्यसको पनि विशेष कारण छ । विश्वनाथ दत्तको परिवारमा पुत्रको जन्म भएको थिएन र आमा भुवनेश्वरी देवीमा पुत्र नभएको पीडा थियो । पुत्र प्राप्तिको लागि उनका माता, पिताले पूजा, अर्चना र उपवास गर्थे । आफ्नो एक नातेदारलाई काशीको विश्वनाथ मन्दिरमा आफ्नो नामबाट पुत्र जन्मिने भाकल राख्न आग्रह उनकी माताले गरेकी थिइन् ।

त्यसको केही महिनापछि भुवनेश्वरी देवीलाई दिव्य स्वप्न दर्शन भयो । सपनामा भगवान् शिव शिशुको रुपमा आएर उनको काखमा बसे । त्यसको केही महिनापछि स्वामी विवेकानन्दको जन्म भयो । स्वामी विवेकानन्द भन्नुहुन्थ्यो – “ममा जतिपनि धार्मिक संस्कार छ, त्यसका लागि म आफ्नो माताप्रति कृतज्ञ छु । उहाँको प्रार्थना र आध्यात्मिक प्यासले मलाई यो धर्तिमा ल्याएको छ । म यो ऋण कहिल्यै चुकाउन सक्दिन ।” विवेकानन्दको प्रतिभा, सौर्य, साहस र सौन्दर्य देखेर जसलाई पनि लाग्थ्यो कि वहाँ दिव्य गुणहरुले परिपूर्ण हुनुहुन्छ । स्वामी विवेकानन्द जम्मा ३९ वर्ष बाँच्नु भयो र त्यति छोटो जीवनकालमा उहाँको पौरख र कर्मको दायरा यति  विशाल र वृहत छ कि जति उहाँले काम गर्नुभयो त्यो अन्य कुनै मनुष्यले गर्नलाई अनेक जन्म लिनुपर्छ । 

परमहंस रामकृष्णको विवेकानन्दप्रतिको अद्भूत प्रेम थियो । परमहंस रामकृष्ण विवेकानन्दलाई सामान्य नर नठानी स्वयम् नारायणकै अंश अवतार मान्नुहुन्थ्यो । रामकृष्णले भन्नुहुन्थ्यो कि नरेन्द्र सप्तऋषिलोकको ऋषि हो ।   
एक दिन रामकृष्ण प्रगाढ् समाधिस्थ अवस्थामा भौतिक जगत्को अतिव्रmमण गरी उध्र्वगामी भावजगत्मा प्रवेश गर्नुभयो । यो उध्र्वयात्राको पथको दुवैतिर असंख्य देवी–देवताका विग्रहहरू थिए । त्यो लोकभन्दा पनि माथि चेतनाले उडान लिएपछि उहाँले महान् सप्तर्षिहरूलाई प्रकाशमय रूपमा देख्नुभयो । उहाँलाई प्रतीत भयो, ‘यी ऋषिगण ज्ञान, वैराग्य, पवित्रता तथा प्रेममा देवताहरूभन्दा पनि धेरै माथि छन् ।’ एकाएक उहाँको चेतनाले एक बालकको रूप लियो र उक्त बालकले समाधिस्थ एक ऋषिलाई पछाडिबाट आलिङ्गन गरी मधुर स्वरमा भन्यो, ‘समय आइपुग्यो, म पृथ्वीमा जन्म लिंदैछु, तपाईं आउनुपर्छ ।’ ऋषिले समाधिबाट आँखा खोली भने, ‘तपाईं जानुस्, म आउँछु’ । कोलकाताको त्यो व्यवसायी नगरीमा जब रामकृष्णले पहिलोचोटि विवेकानन्दलाई देख्नुभयो, अन्तर्मुखी, पवित्रता तथा वैराग्यमा डुबेका ती आँखा देख्नेबित्तिकै उहाँले चिन्नुभयो, विवेकानन्द कुनै साधारण व्यक्ति नभई त्यही सप्तर्षिलोकका समाधिस्थ ऋषि नै हुन् । 

सानो छँदा नरेन्द्रलाई अनौठा अनुभूतिहरु हुन्थे । सुत्ने बेलामा आँखा चिम्लिएपछि उनको अघि तेज सूर्य समान तेज प्रकाशको पुञ्ज देख्थे । उनलाई लाग्थ्यो यस्तो सबैलाई हुन्छ । तर त्यो प्रकाशको दर्शन साधनाको धेरै माथि पुगेका छैठौं चक्र सकृय भएका साधकलाई मात्र हुने गर्छ । त्यसैबेला उनले गौतम बुद्धको जीवन्त उपस्थिति पनि महसुस गर्थे । यो अनुभूति उनलाई ध्यानको मार्गमा प्रतिष्ठित गराउने प्रेरणाको रूपमा आएको थियो ।  
युवा अवस्था उत्साह, तीक्ष्ण मेधा, बलिष्ठ शरीर र तार्किक दृष्टिकोण तथा अनिश्वरवादी रुपमा परिचित भए । उनी गम्भीर चिन्तन–शक्ति तथा तीक्ष्ण बुद्धिको बलमा इतिहास, साहित्य तथा दर्शनका अनेक विषयमा कम समयमै महारथ हासिल गरे । ईश्वरको अस्तित्वको प्रश्नले उनलाई खोजको प्रगाढतामा पु¥यायो र ज्यादै बेचैन पनि बनायो । तर उनको प्रज्ञाले कुनै पनि कुरालाई ठोस प्रमाण विना स्वीकार गर्न मान्थेन । यही ईश्वरको अस्तित्वको खोजले उनलाई धेरै धार्मिक व्यक्ति र संगठनमा पु¥यायो । तर कतैपनि उनले यसको सन्तोषजनक उत्तर पाएनन् ।

यही १९ वर्षे अधीर युवा अवस्थामा एक दिन स्कटिश क्रिश्चियन कालेजका प्रोफेसर हेस्टीले कवि विलियम वड्र्सवर्थको ‘दी एक्सकर्शन’ नाम कवितामा उल्लेखित गरिएको ‘ट्रान्स’ शब्दको वर्णन गर्दै थिए । नरेन्द्रले त्यसलाई अझ व्याख्या गर्ने आग्रह गरे । हेस्टीले यसै सन्दर्भमा थपे – ‘म यस्तो एक प्रज्ञापुरुषलाई चिन्छु जो यो ‘ट्रान्स’ को उच्च आनन्द स्थितिलाई प्राप्त गरिसकेकेका छन् उनी हुन् – ‘दक्षिणेश्वरका रामकृष्ण परमहंस’ । अध्यापक हेस्टीले दिएको जानकारीले खोजको भूँभरीमा रुमलिरहेका नरेन्द्रलाई रामकृष्णलाई भेट्ने ठूलो प्रेरणा प्राप्त भयो । आफ्नै परिवारका एक नातेदार रामचन्द्र दत्त पनि परमहंस परमहंस रामकृष्णका अनन्य भक्त थिए उनले पनि रामकृष्णको अनौठो दिव्य जीवनचर्याको कुरा सुनाए । यी दुई व्यक्तिहरुबाट प्राप्त प्रेरणाले १९ वर्षकै उमेरमा विवेकानन्द रामकृष्णको दर्शन गर्न दक्षिणेश्वर पुगे । कामना इच्छा र वासनाहरुले भरिएको यो शहरमा अकिञ्चन, आफैँभित्र केन्द्रित, प्रगाढ अन्तर्गहनतामा डुबेका निश्चल आँखा र निर्विकार हृदय, तेजस्वी मुहार लिएर आफू अघि उपस्थिति भएको युवकलाई देखेपछि ऋषिलोकमा आफुले पृथ्वीमा अवतरण हुन आमन्त्रण गरेको ऋषि यही हो भन्ने रामकृष्णलाई याद आयो । रामकृष्णले विवेकानन्दलाई एकान्तमा लग्नुभयो र भन्नुभयो – “अरे, तिमी यति दिन देखि कहाँ थियौ ? म त कति दिन देखि तिम्रो प्रतिक्षामा थिएँ । विषयी मानिसहरुसँग कुरा गर्दा गर्दा मेरो मुख जलिरहेको छ, आज तिमी जस्तो सच्चा त्यागी व्यक्तिसँग भेट्दा मलाई शान्ति मिल्नेछ ।” यति भन्दै रामकृष्णको आँखाबाट आँशु बहन थाल्यो । नरेन्द्र हतप्रत भएर मौन बसे । केही समयपछि रामकृष्णले हात जोडेर नरेन्द्रलाई आदर र सम्मानजनक भावले भने, “मलाई थाहा छ, तिमी साधारण मान्छे होइन तिमी सप्तऋषि मंडलका महर्षि हौ, नररुपी नारायण हौ । जीवहरुको कल्याणको कामनाले तिमीले यो रुप लिएर आएका छौ । म तिम्रै प्रतिक्षामा थिएँ ।” तार्किक र नास्तिक नरेन्द्रलाई एक गरिब ब्राह्मणले त्यस्तो भनेको सुनेर उनी अवाक् भएर हेरिरहे । उनलाई यो रामकृष्ण पालग जस्ता लागे । रामकृष्णले बंगालमा बन्ने एक विशेष सन्देश मिठाई खाना दिनुभयो ।

रामकृष्णले त्यो सबै मिठाई आफ्नै हातले विवेकानन्दलाई खुवाउनुभयो र खाँदा मिठाईका टुक्राहरु विवेकानन्दको मुखबाट भँुईमा खस्थे, त्यी टुक्रा रामकृष्णले भुँईबाट उठाउदै आफू खानुहुन्थ्यो । त्यस्तो दृश्य देखेपछि विवेकानन्दलाई यो मान्छे पक्कै पनि सद्दे होइन पागल नै हो भन्ने निश्चय लाग्यो । रामकृष्णले नरेन्द्रको हात समातेर भन्नुभयो, “बाचा गर फेरि तुरुन्तै एक्लै भेट््न आउनेछौ ।” यो अनौठो स्थितिबाट मुक्ति पाउन नरेन्द्रले बचन दिए । चाडै आइ हाल भन्दै अश्रुपूर्ण नयनले रामकृष्णले स्वामी विवेकानन्दलाई विदाइ गर्नुभयो । रामकृष्णलाई भेट्दा स्वामी विवेकानन्दलाई के लाग्यो भने यो मानिस पक्कै पनि अनौठो छ, अदभूत छ, धार्मिक पनि हो तर पागल पनि हो भन्ने लाग्यो । म जस्तो साधारण विद्यार्थीलाई नारायण भन्छ, मलाई देखेर रुन्छ, पागल हो कि क्या हो । तार्किक मनले यसो तर्कना गरिरहदा हृदयले भने अर्कै निष्पत्ति दिइरहेको थियो । अन्तरमनको गहिराईमा रामकृष्णप्रति एक विशेष अनौठो आकर्षण र आदर पनि पैदा भइसकेको थियो । 

रामकृष्ण दक्षिणेश्वरमा बस्नुहुन्थ्यो । दक्षिणेश्वर कोलकाता शहरबाट अलिक टाढा दक्षिणतिर पर्छ । विवेकानन्दले हिडेरै जानुपथ्र्यो । उनीसँग कुनै साधन र स्रोत थिएन । लामो पैदल यात्रा गरेर विवेकानन्द फेरि दक्षिणेश्वर पुगे । यो दोस्रो रामकृष्णसँगको भेट अनौठो रह्यो । रामकृष्ण त्यसबेला आफ्नो निवासमा समाधिस्थ अवस्थामा हुनुहुन्थ्यो । नरेन्द्रको उपस्थितिले उहाँका आँखा खुले । विवेकानन्दलाई देख्नेबित्तिकै रामकृष्ण परमहंस भावविभोर भएर नाच्न थाल्नुभयो र आफुले समाधिमा बस्ने खाटमा बस्ने इशारा गर्नुभयो । साधारणतयः गुरु आसनमा शिष्यहरु बस्ने चलन छैन तर रामकृष्णले जबर्जस्ती विवेकानन्दलाई खाटमा बसाउनुभयो र आह्लादित भएर नाच्न थाल्नुभयो । 

विवेकानन्द थाकेर आएका थिए र उनको मनभित्र अनेक प्रश्नहरु मडारिरहेका थिए ।

उनले रामकृष्णलाई प्रश्न गरे – “के तपाईले ईश्वर साक्षात्कार गर्नुभएको छ ?” आफ्नो खोजको यात्रामा विवेकानन्दले यो प्रश्न धेरै जोगी, योगी, नाम चलेका धार्मिक व्यक्तिहरुलाई सोध्नुहुन्थ्यो तर सबैबाट उहाँ निराश हुनुहुन्थ्यो । कसैले पनि स्वअनुभवबाट यसको उत्तर दिदैनथे । कोही शास्त्र उद्वरण गर्थे, कोही आफ्नो अज्ञान छुपाउन ठूलो सिद्धान्तका कुरा गर्थे । विवेकानन्द उठेर हिड्नु हुन्थ्यो । उनले अहिलेसम्म भेटेको कोही पनि व्यक्तिमा ईश्वर साक्षात्कार गरेको अनुभव थिएन । विवेकानन्दले रामकृष्ण परमहंसलाई ईश्वर साक्षात्कार सम्बन्धी यही प्रश्न सिधै गरे । 

रामकृष्णले हाँस्दै भन्नुभयो, “मैले तिमीलाई जसरी देखिरहेको छु, त्यसरी नै मैले परमात्मालाई पनि देखिरहेको छु तिमीलाई भन्दा पनि अझ स्पष्ट रुपमा मैले ईश्वरको साक्षात्कार गरिरहेको छु । के तिमी पनि उसको दर्शन गर्न चाहान्छौं ?” यस्तो अप्रत्यासित उत्तर सुनेपछि विवेकानन्द छक्क परे । उनलाई रामकृष्ण परमहंसले यस्तो जवाफ दिनुहुन्छ भन्ने आशा थिएन । हतप्रत र अक्क न बक्कको स्थितिमा उनी अचल बसे । रामकृष्णले आफ्नो खुट्टाले विवेकानन्दको छातिमा स्पर्श गरिदिनुभयो । त्यो शक्तिपातबाट स्वामी विवेकानन्दको यो बाहिरी जगतसँगको सुध हराउन थाल्यो । कोठाका भित्ता, सबै वस्तुहरु यो सारा जगत सबै घुमिरहेको महसुस भयो । विस्तारै उनलाई आफू र यो जगत सबै शून्यमा विलीन भएजस्तो अनुभव भयो । उनी आत्तिए र भयभीत भएर कराउन थाले, – “मलाई यो के गरेको, मेरा आमाबुवा, परिवार छन्, भाइहरू छन्, मेरो दायित्व छ । तपाईंले के गर्नुभयो ?” यो सुनेर रामकृष्ण जोडसँग हास्नुभयो र भन्नुभयो – “अहिले यो सबैको समय आएको छैन, फेरि कुनै बेला ।” यसरी विवेकानन्द परमहंसको यो स्पर्शबाट समाधिको साक्षात्कार अनुभूति लिएर फर्र्किए । तर्क र तथ्यमा सबै कुरालाई कसेर हेर्ने नरेन्द्रमा यो घटनाले ठूला उथलपुथल ल्याइदियो । 

यसरी सच्चा सन्त वा गुरुले शब्दबाट भन्दा पनि अनुभूतिबाट उत्तर दिन्छ । सद्गुरु या समाधिस्थ गुरुको उत्तर यस्तै हुन्छ, शास्त्रिय हुँदैन, अनुभूतिपूर्ण हुन्छ । रामकृष्ण परमहंसले आफ्नै स्पर्शबाट विवेकानन्दलाई दिए जस्तै अनुभूति ओशोले पनि आफ्नो स्पर्शबाट हामीलाई दिनुहुन्थ्यो । यो शक्तिपात एकदमै रुपान्तरकारी हुन्थ्यो । त्यसबाट असीम आनन्द, सौन्दर्य र शान्ति मिल्थ्यो । 

ईसाई धर्मबाट प्रभावित त्यसबेला बंगालमा केशवचन्द्र सेनको अध्यक्षतामा ब्रह्मो समाज भन्ने एक धार्मिक संस्थाले समाजलाई प्रभाव पारिरहेको थियो । हिन्दु धर्मलाई सुधार गरेर जानुपर्छ भन्ने मान्यता भएका शिक्षित व्यक्तिहरुले खोलेको त्यो संस्था वास्तवमा ईसाई धर्मबाट प्रभावित थियो जसले मूर्तिपूजा र अन्य परम्परागत मान्यताहरूको विरुद्धमा आफूलाई उभ्याएको थियो । स्वामी विवेकानन्द पनि ब्रह्मो समाजको सदस्य हुनुहुन्थ्यो र मूर्ति पूजाको विरोध गर्नुहुन्थ्यो । तर रामकृष्ण परमहंस भने कालीका उपासक हुनुहुन्थ्यो । त्यस्तै एक अर्को स्पर्शमा रामकृष्ण परमहंसले स्वामी विवेकानन्दको तेस्रोनेत्रमा छोइदिनुभयो । धेरै समयसम्म स्वामी विवेकानन्दलाई यो जगतको ब्रह्ममय भव्यताको अनुभूतिले छोडेन । बाटो, घोडा, टाँगा, वृक्ष, भोजन यो सबै जगतसँगको एकाकार भएको अनुभूतिले ठूलो रुपान्तरणकारी तरंग स्वामी विवेकानन्दको जीवनमा ल्यायो । वास्तवमा गुरुले अनुभवको झलक दिएपछि यसलाई प्राप्त गर्न साधनामा हिड्न शिष्यको हृदयमा श्रद्धा र शक्ति पैदा हुन्छ ।  

स्वामी विवेकानन्दको उमेर २१ वर्षको हुँदा हृदयाघातबाट उनको पिताका देहान्त भयो । अति संभ्रान्त, धनी ख्यातिप्राप्त परिवारमा ठूलो बज्रपात भयो । परिवारले थाहा पायो कि उहाँले आफूसँग भएको सम्पत्ति भन्दा बढी खुल्ला हातले खर्च, दान दिएर स्वयम्लाई ऋणमा डुबाउनु भएको रहेछ । पिताको मृत्यपछि आम्दानी हुने बाटो बन्द भयो । साहुले दवाव दिन थाले । ७ जनाको परिवार थियो । बुवाको किरिया सकिनेबित्तिकै उनी जागिरको खोजीमा निस्किए किनभने किनभने घरमा खाने सरसमान पनि थिएन । हातमुख जोड्न हम्मे थियो । आफु साथीकोमा खाएर आएकोले बाँकि भोजन परिवारका अन्य सदस्यलाई गराउन भन्दै नरेन्द्र धेरै दिनसम्म भोक भोकै सुते । दिदी, आमा, भाइ सबैलाई पाल्ने जिम्मेवारी नरेन्द्रको काँधमा आइप¥यो । नरेन्द्रको जीवन एक विषम परिस्थितिको भुँवरीमा फस्यो । त्यस्तो धनाढ्य परिवारका नरेन्द्रलाई एक्कासी काम खोज्दै भौंतारिएर हिड्नुप¥यो ।  उनले दुत्कार, घृणा र नकार बाहेक कसैबाट केही पाएनन् । यो नैराश्यमा यो संसारमा भगवान्को कुनै अस्तित्व छैन यहाँ अन्याय मात्रै छ, इमानको कुनै कदर छैन भन्ने निष्कर्ष उनले निकाले । सबैबाट भरोसा उठेर गयो ।

धनीको मात्र ईश्वर छ गरिब कुनै ईश्वर छैन भन्ने लाग्यो । उनको मनमा ईश्वर कै प्रति विद्रोह जाग्यो । यो मनोभाव कसैलाई व्यक्त गर्न नरेन्द्र कति पनि हिच्किचाउदैनथे । नरेन्द्रको ईश्वर विरोधी शब्दहरुका कारण उनको सबैले निन्दा गर्न थाले । उनलाई यसको कुनै मतलब थिएन । तर, महिनौं बितेपनि उनले कुनै काम पाउन सकेनन् । राम्रो भोजनको व्यवस्था नभएपछि उहाँको स्वास्थ्य क्षीण हुन थाल्यो र मानिसहरुले अब नरेन्द्रले मदिरापान पनि गर्न थाल्यो समेत भन्दै नरेन्द्रको व्यक्तिगत चरित्रलाई कलुषित बनाउने प्रयास गरे । नरेन्द्रप्रति रामकृष्णको प्रेम र लगाव देखेर इष्र्याले ग्रस्त व्यक्तिहरुले नरेन्द्र भ्रष्ट भयो भनेर रामकृष्ण कहाँ कुरो पु¥याउन गएछन् तर नरेन्द्रको महान् भविष्य र संभावना देखेका रामकृष्णले – “मैले कालीमाताबाट सबै थाहा पाइसकेको छु, उसको मनमा कहिल्यै कुटिल विचार आउन सक्दैन, ऊ गंगाजल जति पवित्र छ, एक शब्दपनि उनको बारेमा नराम्रो बोल्यौ भने यहाँ म कसैपनि पस्न दिन्न, सबैलाई यहाँबाट भगाउछु” भनेर डण्डा देखाउनुभयो । यस्तो आस्था नरेन्द्रप्रति रामकृष्णको थियो । तर अन्नसम्म नजुटने विषम घडीसम्म परमात्माको विधिले नरेन्द्रले जीवनलाई परिक्षा लिन छोडेन ।

एकपटक फेरि दक्षिणेश्वरमा नरेन्द्रको परमहंस रामकृष्णसँग भेट भयो । सबैजना गइसकेपछि रामकृष्णले नरेन्द्रलाई भन्नुभयो – “मलाई थाहा छ तिमी माताको कामको लागि यो संसारमा आएका हौ र यो संसारमा तिमी सधैं रहँदैनौं । जबसम्म म छु तिमी पनि संसारमा रहौ” भन्दै रामकृष्ण रुन थाल्नु भयो । रामकृष्ण परमहंसको यो कुरा सुनेर नरेन्द्र कलकता फर्केर आए र भित्रपट्टि उनलाई यो अनुभव हुन थाल्यो उनको जन्म साधारण मनुष्यको जस्तै धन उपार्जनको लागि भएको होइन । 

दुर्भाग्यको घडिमा मानिसले बुद्धी गुमाउँछ र जब खराब समय जीवनमा आउँछ राम्रा भन्दा राम्रा व्यक्तिले धैर्य र संयम गुमाउँछन् । नरेन्द्रलाई यस्तो होस् भन्ने चाहाना थिएन । 
एक, दुईवटा साना खुद्रा कामहरु उनले पाएपनि उनको पारिवारिक समस्या समाधान हुने गरी कुनै गतिलो अर्थ आर्जन हुनसकेन । अनेक विपत्तिहरुका बीच उनी चिन्तित रहे । विशादपूर्ण विचारका कारण उनी थाके । यही अवस्थामा उनी दक्षिणेश्वर पुगे र रामकृष्णलाई भने कि तपाईंले मेरो भाइहरूको दुःख टार्न माता जगदम्बालाई प्रार्थना गर्नुप¥यो । जगदम्बालाई प्रार्थना गरिदिनुस् । तर रामकृष्णले भन्नुभयो – “माताले त कति चोटी मलाई भनिसक्नुभयो । म उसको समस्या समाधान गरिदिन्छु । तर उ मलाई मान्दै मान्दैन । केही छैन, आज मंगलबार हो आज राती मन्दिरमा आउनु माताले चाहिनभने के हुनसक्दैन?” रामकृष्णको यो आग्रह नरेन्द्रले टार्न सकेनन् र उनी रात्रिकाल मन्दिरमा आए । मन्दिर भित्रको माताको विग्रह दर्शनले नै उनलाई ध्यानस्थ बनाइदियो । माता कालीको मूर्ति जगमगाइरहेको देखे । उनको ज्योर्तिमय चेतनामा उनी त्यहाँ के माग्न आएका हुन् भने कुनै सुध रहेन । जब उनलाई होस आयो माताको अघि केही सांसारिक वस्तु माग्न आएको कुराले उनलाई लज्जाबोध भयो । तर घरको समस्याले अति गा¥हो भइरहेको कारणले उनले धेरैचोटी सांसारिक कुराहरु काली माताबाट माग्न खोजे तर सकेनन् । उनले भने, “ठाकुर, म मातासँग रुपैया पैसा माग्न जान्छु, तर यो सब माग्दा मलाई लज्जा अनुभव हुन्छ ।” रामकृष्णले हाँसेर भन्नुभयो – “जुन वस्तुको तिमीलाई लालसा नै छैन, त्यसलाई तिमी माग्न पनि कसरी सक्छौ ?” यो घटनापछि नरेन्द्रको जीवनमा ठूलो क्रान्तिकारी परिवर्तन भयो । जो माँ कालीलाई मादैनथे, तर अब मान्न थाले । रामकृष्णबाट काली माताका भजनहरु सिके र रातभरि ती भजनहरु गाइरहे । मूर्ति पूजामा श्रद्धा नभएका नरेन्द्र अब मूर्ति पूजक सगुण उपासकमा परिवर्तित भए ।

रामकृष्ण भन्दा शुद्धतम गुरु खोज्न कठीन छ र विवेकानन्द जस्तो समर्पित शिष्य खोज्न झनै कठीन छ । यस्ता युगपुरुषहरुको बारेमा हामी जति परिचर्चा गर्छौं त्यति नै हाम्रो हृदय पनि शुद्ध भएर आउँछ । गुरु शिष्यको यो अनुपम जोडी आध्यात्मको इतिहासमा एक आदर्श जोडी हो ।

[email protected]

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.