शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोरिल्लामा पनि देखियो कोरोना भाइरस, क्वारेन्टिनमा राखियो

मङ्गलबार, २८ पुस २०७७, ०९ : ०९
मङ्गलबार, २८ पुस २०७७

अमेरिकाको क्यालिफोर्नियामा कोभिड १९ को असर दिनहुँ बढ्दैछ । यहीबीच सान डिएगो चिडियाखानामा दुईवटा गोरिल्लालाई समेत कोरोनाभाइरसको संक्रमण देखिएको छ । चिडियाखानाका गर्भनर गामिन न्युसमले सोमबार यसको जानकारी िदएका छन् । यी जनावरहरुमा अहिले कोरोनाको संक्रमण देखिएको र लक्षण नदेखिएका कर्मचारीमार्फत् उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने न्युसमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिढियाखानाका अनुसार गोरिल्लामा कोरोना भाइरस देखिएको यो पहिलो उदाहरण हो । यसअघिको अध्ययनले मानिसबाहेकका केही सिमित जनावर संक्रमणको खतरामा रहेको देखाएको थियो । गोरिल्लाहरु परिवारमा बस्ने भएकाले सबै सदस्यहरुमा संक्रमण फैलिएको हुनसक्ने चिढियाखानाका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार गत बुधबारदेखि दुईवटा गोरिल्लाहरुले खोक्न थालेका थिए । त्यसपछि प्रारम्भिक परीक्षण गर्दा शुक्रबार उनीहरुमा भाइरस रहेको देखियो । सोमबार राष्ट्रिय भेटेरीनरी सेवा ल्याबोरेटेरीका लागि अमेरिकी विभागले यसको पुष्टि गरेको हो ।

गोरिल्लाहरुमा भाइरसले कतिसम्म असर गरेको छ भन्ने विषय अहिलेसम्म थाहा नभएको चिढियाखानाका अधिकारीहरुले बताए । यद्यपि, सबै गोरिल्लाहरुलाई निगरानीमा राखिएको उनीहरुले जनाए । ‘खोकी र रुघाबाहेक सबै गोरिल्लाहरुको अवस्था राम्रो छ,’ सान डिएगो सफारी पार्ककी कार्यकारी निर्देशक लिसा पिटरसनले भनिन्, ‘यो टोली एकसाथ क्वारेन्टाइनमा छ र खाने, पिउने गरिरहेका छन् । चाँडै निको हुनेमा हामी आशावादी छौँ ।’

डिसेम्बरको सुरुदेखि नै सान डिएगो सर्वसाधारणका लागि बन्द गरिएको छ । क्यालिफोर्नियामा कोभिड १९ को अवस्था निकै खराब छ । यहाँ सोमबार ४ हजार ९ सय ७१ जना बिरामीहरु आईसीयुमा पुगेका थिए । अमेरिकाभर भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २० लाख नाघिसकेको छ । ३ लाख ७५ हजारभन्दा धेरैले भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप