बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१० वर्ष कान्छा निक जोनससँगको विवाहबारे यसो भन्छिन् प्रियंका चोपडा

मङ्गलबार, २८ पुस २०७७, ०७ : ३१
मङ्गलबार, २८ पुस २०७७

बलिउड नायिका प्रियंका चोपडाले हालै निक जोनस र उनीबीचको १० वर्षको उमेर भिन्नतामाथि खुलेर कुरा गरेकी छिन् । प्रियंकाले विवाह गरेदेखि नै यो विषय धेरैको चासो बनेको छ । हालै एक म्यागजिन फोटोसुटका बेला प्रियंकाले यसबारे कुरा गरेकी छिन् । उनका अनुसार उमेरको अन्तर र संस्कृति  उनीहरुको प्रेमको बीचमा कहिल्यै नआएको उनले बताएकी छिन् । 

प्रियंका चोपडा भन्छिन्, ‘एक साधारण जोडी झैं तपाईंहरु दुबैले एक–अर्काको बानी, रुची र अरुचीबारे बुझ्न अत्यावश्यक छ । मेरा लागि निकसँगको जीवन एक एड्भेन्चरजस्तै छ । समस्याको सामना गर्ने किसिमको छैन । हाम्रा लागि उमेरको भिन्नताले कहिल्यै पनि महत्व राखेको छैन ।’

स्मरण रहोस्, प्रियंका चोपडा र निक जोनसको विवाह राजस्थानको उमैद भवनमा भएको थियो । नजिकका साथी र परिवारको उपस्थितीमा प्रियंकाले हिन्दू र क्रिश्चियन दुबै तरिकाले विवाह गरिन् । प्रियंकाका विवाहसँग जोडिएका थुप्रै भिडियो अहिले पनि सोसल मिडियामा बेलाबेलामा चर्चाको विषय बन्ने गर्छ । 

सोसल मिडियामा यो जोडी निकै सक्रिय रहन्छ । एक अर्काको फोटो सेयर गर्नेदेखि दुबैले आफ्ना नीजि पल पनि सेयर गर्ने गर्छन् । प्रियंकालाई अन्तिम पटक द स्काई इज पिंकमा देखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप