शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनुष्का शर्माकी छोरीको जन्मपछि सोसल मिडियामा ट्रेन्ड भइरहेका छन् तैमुर, रोचक छ कारण

मङ्गलबार, २८ पुस २०७७, ०७ : ११
मङ्गलबार, २८ पुस २०७७

बलिउड नायिका अनुष्का शर्माले सोमबार दिउँसो छोरीलाई जन्म दिएकी छिन् । विराटले यसको जानकारी सोसल मिडियामार्फत् दिएका हुन् । 

सोसल मिडियामा विराट र अनुष्कालाई बधाईको बाढी नै छ । यसै क्रममा हेर्दा हेर्दै करिना कपुर खानका छोरा तैमुर सोसल मिडियामा ट्रेन्ड हुन थाले । मानिसहरु तैमुरको पब्लिसिटीका लागि मीम्स बनाइरहेका छन् । सोसल मिडिया प्रयोगकर्ताले विराट र अनुष्काको छोरी जन्मिएपछि अब तैमूर सोसल मिडिया सेन्सेसन नहुने बताइरहेका छन् । 

यद्यपि। तैमुर अली खानका थुप्रै फ्यान पेज बनेका छन् जसमा उनका विभिन्न फोटो र भिडियो भाइरल भइरहेका हुन्छन् । भर्खरै चार वर्ष पुगेका तैमुरको फ्यान फलोविङ निकै तगडा छ । 

हेर्नुहोस्, यससम्बन्धि कस्ता कस्ता मिम्स बनेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप