बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनुष्का शर्माले छोरी जन्माएको जानकारी दिँदै विराटले भने, ‘यतिबेला हाम्रो गोपनियताको सम्मान गरिदिनुस्’

मङ्गलबार, २८ पुस २०७७, ०६ : १४
मङ्गलबार, २८ पुस २०७७

बलिउड नायिका अनुष्का शर्माले सोमबार अपरान्ह छोरीलाई जन्म दिएकी छिन् । उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छोरी जन्माएकी हुन् । उनका श्रीमान् तथा भारतीय क्रिकेट खिलाडी विराट कोहलीले आफ्नो सोसल मिडियामार्फत् यसबारे जानकारी दिएका हुन् । 

यसबारे जानकारी दिँदै उनले लेखे, ‘आज दिउँसो हाम्रो छोरी जन्मिएको जानकारी दिन पाउँदा हामी अत्यधिक खुसी भएका छौं । तपाईंहरुको प्रेम र मंगल कामनाका लागि हामी अत्यन्त आभारी छौं । अनुष्का र हाम्री छोरी दुबै ठिक छौं र हामीले हाम्रो जीवनको यो नयाँ अध्याय अनुभव गर्ने मौका पायौं, यो हाम्रो सौभाग्य हो । हामीलाई आशा छ, यतिबेला तपाईंहरुले हाम्रो गोपनियताको सम्मान गरिदिनु हुनेछ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Virat Kohli (@virat.kohli)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप