अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्ध संसदमा अविश्वास प्रस्स्ताव पेश गरिएको छ । ट्रम्प विरुद्ध डेमोक्रेटिक पार्टीले महाअभियोगको प्रस्ताव पेश गरेको हो । डेमोक्रेटिक पार्टीका सांसदहरुले राष्ट्रपति ट्रम्पले गत हप्ता संसदमा भएको दङ्गामा आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाएका छन् ।
सो पार्टी राष्ट्रपति ट्रम्पलाई तुरुन्त हटाउन माग गरेको छ । ट्रम्पले लगातार दोश्रोपटक महाअभियोगको सामना गर्नुपरेको छ । प्रतिनिधिसभाका अध्यक्ष न्यान्सी पेलोसीले आइतबार ट्रम्पलाई महाअभियोगको प्रस्ताव ल्याउन अनुमति दिएकी थिइन् । राष्ट्रपति ट्रम्पमाथि जनवरी ७ मा आफ्ना समर्थकहरुलाई भड्काउने काम गरेको आरोप लगाइएको छ । ७ तारिकमा संसद भवनमा ट्रम्पका समर्थकहरुले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो ।
अखबार द हिलका अनुसार सभामुख पेलोसीले उपराष्ट्रपति माइक पेन्सले संविधानको २५ औं संशोधन अन्तर्गत ट्रम्पलाई हटाउन सक्ने बताउँदै आएकी छिन् । डेमोक्रेट्सलाई लेखिएको पत्रमा सभामुख पेलोसीले यदि उपराष्ट्रपति पेन्सले कुनै कार्बाही गरेनन् भने महाअभियोगको पक्ष विपक्षमा मतदान हुने बताएकी थिइन् । पत्रमा पेलोसीले लेखेकी थिइन्ः ‘संविधान र प्रजातन्त्र बचाउनु हाम्रो दायित्व हो, त्यसैले हामीले तुरुन्त कदम चाल्नुपर्छ । राष्ट्रपतिले यी दुवै ( संविधान र लोकतन्त्र) लाई धम्की दिएका छन् । दिनहरु बित्दै जाँदा राष्ट्रपतिले लोकतन्त्र बिगार्ने डर बढ्दै जाने देखिन्छ ।’
राष्ट्रपति ट्रम्पको समयावधि यही हप्ताको अन्त्यमा सकिँदैछ । नवनिर्वाचि राष्ट्रपति जो बाइडेनले जनवरी २० तारिकमा राष्ट्रपति पदका लागि सपथ लिदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
-
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप
-
विदेशी दातृ निकायले दिने सहयोगको श्वेतपत्र जारी गर्न माग
-
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन
-
पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ