बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘लुटेरा’ पक्रेर डिएसपीलाई बुझाउने सई नियन्त्रणमा

सोमबार, २७ पुस २०७७, २३ : ०५
सोमबार, २७ पुस २०७७

काठमाडौं । काठमाडौंको सामाखुसीमा भएको सुन लुटपाटमा संलग्न भनिएका आरोपीलाई पक्राउ गर्ने प्रहरी नायव निरीक्षक (सई)लाई पक्राउ गरिएको छ । सई नवराज इटनीलाई पक्रेर टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

पुस १० मा दोलखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनासँग सुन किन्ने ग्राहक बनेर दिपक नेपालीको समूहले सुन लुटेको दावी गरिएको छ । सुर्खेत घर भएका दिपकलाई घटना भएकै दिन महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा कार्यरत ईटनीले पक्रेका थिए ।

३० तोला सुन लुटपाटमा संलग्न आरोपीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्कालाई जिम्मा लगाएका थिए । तर, खड्काले अनुसन्धान गर्नुको साटो नेपालीलाई सोही दिन छाडेको पीडितको आरोप छ । घटना छानविन गर्न महानगरीय प्रहरी कार्यालयले प्रहरी उपरिक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा समिति गठन गरेको छ । समितिमा डिएसपी प्रमेश विष्ट र निशान थापा सदस्य छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि पीडित संयोग कार्की सम्पर्कविहिन भएका छन् । ‘लुटेरा आरोपी’ दिपक नेपाली फरार छन् । पीडित मध्येका सुवास तिमिल्सिनाले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतसँग सो दिन सुन नभएर मोवाईल मात्र लुटिएको बयान दिएका छन् । उनको बयानले घटनामा ट्विस्ट आएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए । 

यो पनि...


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप