विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध

एजेन्सी । विदेशी नागरिकलाई इन्डोशिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ । कोरोनाभाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका लागि थप दुई हप्ता प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।
यसअघि लामो समयदेखि लगाइँदै आएको प्रतिवन्धलाई थप दुई हप्ता निरन्तरता दिने निर्णय भएको मन्त्री एयरलाङ्गा हार्तार्तोले जानकारी दिए । सरकारले प्रतिवन्धात्मक व्यवस्थाहरुलाई अहिले थप कडाइका साथ लागुगर्न लागेको पनि उनले बताए ।
राष्ट्रपति जोको विडोडोले पनि विदेशी नागरिकलाई इन्डोनेशिया प्रवेशका लागि प्रतिवन्ध लगाउने समय बढाउने निर्णयप्रति समर्थन जनाएका छन् । सरकारको यो निर्णयसँगै यही जनवरी २८ तारिखसम्म विदेशी नागरिकले इन्डोनेशिया प्रवेश नपाउने भएका छन् ।
इन्डोनेशियाली सरकारले यसअघि पनि यही जनवरी १ देखि १४ सम्म विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने निर्णयलाई निरन्तरता दिएको थियो । विदेशी सरकारी उच्च अधिकारी तथा अति महत्वपूर्ण व्यक्तिहरुलाई पनि आधारभूत मापदण्ड पुरा गरेर इन्डोनेशियाली सरकारको स्वीकृतिमा भ्रमणको व्यवस्था भने गर्न सकिने सरकारी अधिकारीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली
-
मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने