मोदीसँग आफूलाई तुलना गर्दै यसो भने ओलीले
सोमबार, २७ पुस २०७७, २१ : ४७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री मोदी आफूभन्दा जेठो भए पनि सार्वभौम सत्ता सम्पन्नताको हिसाबले एउटै श्रेणीको प्रधानमन्त्री रहेको बताएका छन् ।
भारतीय न्यूज च्यानल ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले देशको भूगोल सानो–ठुलो हुन सक्छ तर सार्वभौमिकता ठुलो–सानो नहुने बताए ।
उनले दुई देशबीच केही विषयमा बहस भइरहेको जनाउँदै बहस हुनुलाई नराम्रो अर्थमा लिन नहुने बताए ।
उनले भने, ‘बहस हुनु नराम्रो होइन, बहस स्वच्छ हुनुपर्छ, सत्य पत्ता लगाउनका लागि हुनुपर्छ । बहसले नै सत्यलाई बाहिर ल्याउँछ । बहस नगर्ने हो भने सत्यलाई पत्ता लगाउन सकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का