बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जनताको अदालतमा जाने निर्णय लोकतान्त्रिक विधि : मन्त्री अर्याल

सोमबार, २७ पुस २०७७, २० : ५८
सोमबार, २७ पुस २०७७

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले जनताको अदालतमा जाने निर्णय लोकतान्त्रिक विधि भएको बताएकी छन् । मन्त्री अर्यालले भनिन्, “पाँच वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय लिनुभो ।” 

गृहजिल्ला स्याङ्जामा राष्ट्रिय युवा सङ्घले आज आयोजना गरेको बृहत् युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले सो कुरा  बताइन् । उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताइन् । “पार्टी एकता भएपछि विचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । विचारबाट निर्देशित भएको पार्टी पद, पावरमा गएर अल्झिएपछि अहिलेको यो अवस्थामा आउनपुग्यो”, उनले भनिन् ।

सरकारले राष्ट्रिय एकता कायम गर्दै विगतमा विभिन्न कारणले गुमेको नेपालको जमीन फिर्ता लिने कार्य अगाडि बढाएपछि आफ्नै पार्टी नेतृृत्वको सरकार असफल बनाउन पार्टीबाट योजना बनेको समेत मन्त्री अर्यालले बताइन् । 

नेपालले पहिलोपटक आफ्नै लगानी, स्रोतसाधन र जनशक्तिमा सगरमाथाको उचाइ मापन गरे पनि त्यसलाई आफ्नै देशमा गलतरुपमा व्याख्या गर्ने गरिएको समेत उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप