सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

अभिनेत्री निता ढुङ्गानाको दशैँ सम्झना : दक्षिणा हराउँदा निकै रोएँ

बुधबार, ११ असोज २०७४, १० : ४२
बुधबार, ११ असोज २०७४

काठमाडौँ– नेपाली चलचित्र क्षेत्रकी सुन्दर अभिनेत्री हुन्– निता ढुङ्गाना । उनले केही दिन पहिले आफ्नो २५औँ जन्मदिन एक कार्यक्रमको आयोजनासहित मनाएकी थिइन् । सो अवसरमा उनले चलचित्र निर्माण कम्पनीसमेत घोषण गरिन् । चलचित्र मात्र होइन, म्युजिक भिडियोको समेत क्विन बन्न सफल उनी अभिनय यात्रामा सफल ठहरिएकी छन् । त्यसैले पनि उनी राजधानीमा घर, गाडीलगायतका सम्पत्तिसमेत जोड्न सफल रहिन् । हेटौँडा जन्मथलो भएकी उनी देशको कलासंस्कृतिप्रति पनि चासो राख्ने गर्छिन् । केही अगाडिसम्म अभिनेता आमेश भण्डारीको प्रेममा रहेकी निता अहिले एक्लै छिन् । प्रेममा भन्दा एक्लै निकै खुसी रहन सकिने उनले  सुनाइन् । चाडवाडसँग पनि उनको विशेष लगाव रहने गरेको छ । देशमा मनाउँदै आइएका सबै चाड उनी पनि विशेष तवरले मनाउने गर्छिन् । हरेक दशैँ मेरो विशेष दशैँ भन्ने धारणाकी निताले विगत दशैँका केही किस्सा यसरी सम्झिइन् :

म सानैदेखि फिल्मी थिएँ
अहिले जताततै दशैँको रौनकले छोएको छ । यो समय मलाई सानोबेलाको सम्झना आउँछ । त्यतिबेला धेरै पहिरन किन्ने चलन थिएन । नयाँ लुगा लगाउने भनेको दशैँमा नै हो । धेरै समय स्कुल जानुपर्ने भएकाले स्कुल ड्रेस अनिवार्य थियो । कहिले काहीँ यताउता हिँड्न पनि ड्रेस नै काम लाग्थ्यो । मामाघर जाने बेलामा मात्र नयाँ लुगा चाहिन्थ्यो । कहिले दशैँ आउला र नयाँ लुगा लाउन पाइएला भन्ने उत्सुकता सधैँ रहन्थ्यो । हुन त सानैदेखि फिल्मी थिए । सानोमा नयाँ लुगा अरूले लगाएको जस्तो हँुदैन थियो । एक्स्ट्रा चाहिन्थ्यो र नयाँ पनि । कसैसँग मिल्दोजुल्दो भयो भने म  लगाउँदिन थिएँ । हरेक दशैँमा म पहिरन छानीछानी लगाउँथेँ ।

दश वर्र्षकी थिएँ, हातमा कल्ली लगाउन धेरै रहर थियो । दक्षिणको पैसामा नपुगेको थपेर कल्ली किनेकी थिएँ । त्यति बेला टीका लगाएर ९ सय भएको थियो । नपुगेको पैसा आमाले थपिदिनुभयो । कल्ली किनेपछि म फुरुङ्ग थिएँ ।

दशैँको घाँगर सबैभन्दा महँगो
हरेक दशैँ मेरा लागि स्पेसल । त्यस्तै ११ वर्षकी थिएँ म । सो समय आमाले मलाई अहिलेसम्मकै महँगो पहिरन किनिदिनुभयो । ४५ सय पर्ने घाँगर थियो त्यो । त्यो मेरो दशैँ पहिरनमा सबैभन्दा महँगो पहिरन पनि हो । पिङ्क कलर र निकै आकर्षक थियो । घाँगर लगाएर हिँड्दा साथीभाइ भुतुक्कै हुन्थे । कति राम्रो, कस्तो उज्यालो लगायतका प्रसंशा कति कति । यसले पनि फोटो खिच्दा अगाडि सर्थें । पहिरनका कारणले सबैको आँखामा पर्न सफल थिए । आफन्त प्रसंशा गरेर थाक्दिन थिएँ । किनेको ठाउँ, मूल्य सोधेर हैरान । केहीले त डाहा गर्थे । यति धेरै महँगो किन किनिदिएको, छोरी बगार्ने भइस् भनेर आमालाई गाली गर्थे । 

छड्के परेर दक्षिण हेर्थंे
दशैँमा सानो छँदा दक्षिणाको कारणले पनि विशेष लाग्थ्यो । टीका लगाएर कसले बढी दक्षिणा बटुल्ने, कसले कति दक्षिणा दिन्छन् । यी र यस्तै चर्चा बढी । बच्चा दक्षिणको लोभ ममा पनि थियो । कसैले टीक लगाएर दक्षिण दिनेबित्तिकै छड्के परेर दक्षिणा हेर्थें । अहिले ती पल सम्झदा हाँस उठेर आउँछ । अहिले बुझ्दै जाँदा थाहा भयो, बच्चामा सबैले त्यसो गर्दारहेछन् । सानामा लोभ थियो ममा । तर अरूले धेरै पाएँ, मलाई थोरै दिए भन्ने जस्तो डाहा भने थिएन ।

ठुलोबुबाको दक्षिणा सबैभन्दा धेरै  
अहिले टीका थाप्न हिँड्न जाँगर चल्दैन । तर सानोमा म धेरै ठाउँमा जान्थँे । दशैँ लाग्ने वित्तिकै कहिले टीका आउला, टीका थाप्न पाइएला भन्ने ध्यान रहन्थ्यो । टीका भन्ने बित्तिकै ध्यान ठूलो बुबाको घरतिर जान्थ्यो । किनभने त्यो घरमा धेरै दक्षिणा पाइन्थ्यो । टीका सुरु हुने बितिकै ठूलोबुबाको घर जान आतुर हुन्थ्ये । कहिलेकाहीँ ममीले त्यहाँ नजाने भ्याइन्न, भोलि जाउला, पर्सि जाउँला भन्दा काहाँ हुन्छ । अहिले जानुपर्छ भनेर रिसाउँथे । अन्त नगएर पनि जानुपर्छ भन्थे । जाउँ भन्दै जिद्दी गर्थे ।

दक्षिणा हराउँदा निकै रोए 
म ११ वर्षको थिए । घरदेखि मामा घरसम्म चारैतिर टीका लगाएर जम्मा गरेको १२ सय थियो । टीका अझै जारी थियो । दक्षिणा साइड ब्यागमा बोकेर टीका लगाउन हिँड्थे । टीकाको सिलसिलामा एक घरबाट अर्काे घर गर्दा गर्दै कुनै समय ब्याग कतैकतै छोड्थे । सो क्रममा मेरो ब्यागबाट एक हजार हरायो । पहिले याद भएन । घरमा गएर हेर्दा मात्र हराएको थाहा भयो । जहाँ टीका लगाएर थपिन्थ्यो, त्यहाँ गनेर राख्थेँ । रातैरातो लागेको पैसा थियो । त्यो पैसा हरायो । पैसा हराउँदा म निकै रोएँ ।

पिङ खेल्न पाउने कारणले पनि दशैँ विशेष लाग्छ मलाई । पिङ अहिले पनि मनपर्छ । धेरै खेल्छु । सानोमा म लगन बस्थेँ । करिब आठ वर्षकी थिएँ होला । त्यतिखेर बाँसको लिङ्गेपिङ हालिन्थ्यो । त्यो पनि काठमाडौँको धेरै ठाउँमा पाइँदैनथ्यो । सो समय पिङ खेल्ने क्रममा साथीसँग झगडा पर्यो । उसले धकेल्दिएर मेरो टाउँको पोलमा ठोकियो । टाउकोमा चोट लाग्यो ।

दक्षिणले चाँदीको कल्ली जोडँे 
दश वर्र्षकी थिएँ, हातमा कल्ली लगाउन धेरै रहर थियो । दक्षिणको पैसामा नपुगेको थपेर कल्ली किनेकी थिएँ । त्यति बेला टीका लगाएर ९ सय भएको थियो । नपुगेको पैसा आमाले थपिदिनुभयो । कल्ली किनेपछि म फुरुङ्ग थिएँ । सबैलाई देखाउने, यसकै चर्चा गर्ने मेरो स्वभाव बनेको थियो ।
हातमा लगाएको कल्ली कसैले देखेनन्, ध्यान दिनन्, चर्चा गरेनन् भने हात हल्लाएर देखाउँथे । यो कल्ली ममीका लागि धम्क्याउने बाटो पनि बन्यो । कहिलेकाहीँ पैसा माग्दा दिनुभएन भने कल्ली बेच्छु भनेर धम्क्याउँथे । केही भन्नुभयो भने यो मेरौ कमाइ हो भन्थेँ । नौलो मानिस भेट्यो कि देखाउँथे । कस्तो छ भनेर प्रतिक्रिया लिन्थँे ।

पिङ झगाडाको बिज हुन्थ्यो 
पिङ खेल्न पाउने कारणले पनि दशैँ विशेष लाग्छ मलाई । पिङ अहिले पनि मनपर्छ । धेरै खेल्छु । सानोमा म लगन बस्थेँ । करिब आठ वर्षकी थिएँ होला । त्यतिखेर बाँसको लिङ्गेपिङ हालिन्थ्यो । त्यो पनि काठमाडौँको धेरै ठाउँमा पाइँदैनथ्यो । सो समय पिङ खेल्ने क्रममा साथीसँग झगडा पर्यो । उसले धकेल्दिएर मेरो टाउँको पोलमा ठोकियो । टाउकोमा चोट लाग्यो । रगत पनि बग्यो । रगत बग्न थालेपछि रुँदैरुँदै घर गए । पिङ खेल्दा धेरै पटक लडेको अनुभव पनि छ । ठूलो घटना केही घटेको अहिलेसम्म । सानोमा पिङका लागि झगाडा धेरै पथ्र्यो । म सानो भएकोले ठूलाठूलाले पालो दिँदैन थिए । झगडाको कारण बन्थ्यो ।

खोला र झरना चिनेकी थिइनँ
दशैँमा यात्रा रमाइलो लाग्छ । हेटौँडा घर र मामा घर पनि हो । सबै परिवार काठमाडौँमा बस्दा हेटौँडा यात्रा रमाइलो हुन्थ्यो । किनभने म सानैबाट काठमाडौँ बसेकोले गाउँ देखेको थिइन । खोला, झरना चिनेको थिइनँ । जङ्गल थाहा थिएन । त्यसैले यात्राको क्रममा देखिने यी सबै मेरा लागि नौला थिए । बाटोको डियुरेन पनि रमाइलो लाग्थ्यो । गाडी चढेर मामा घर वा कतै जाने भने पनि ममा रौनक छाउँथ्यो । 

 

मन्दिर जान नयाँ पहिरन 
दशैँको विषयमा विभिन्न प्लानिङ हुन्थ्यो । दशँैमा यो गरौँला, त्यो गरौँला, टीका थापेको दक्षिणाले यो किनौला त्यो किनौला आदि इत्यादी । म १० वर्षदेखि १५ पन्ध्र वर्षसम्म हेटौँडामै बसेर पढेँ । यो समयमा नौरथा अर्थात दशैँको ९ दिन नै नियमित मन्दिर जाने गरिथ्यो । दशैँको पहिलो दिन सुरु हुनुभन्दा अगाडि मेरा लागि नयाँ कपडा अनिवार्य थियो । किनभने मन्दिर जाँदा म जहिले पनि नयाँ पहिरन लगाएर जान्थे । मन्दिर जान नयाँ कपडा भएन भने परिवासँग रिसाउँथे, झगाडा गर्थें । सानोमा जिद्दी पनि धेरै थियो । 

मामाघर विशेष लाग्थ्यो
सानैदेखि मामाघर प्यारो मलाई । घरमा टीका लगाउन नसकिँदै मामा घर जाने भनेर हल्ला खल्ला गर्थे । सायद त्यसैले पनि होला ‘आमापछिको मामा भन्ने उखान बनेको’ । टीका र दक्षिणका लागि मात्र हैन, अन्य किसिमले पनि मामा घर विशेष थियो । मामाघरमा मामा माइजुले तपाईं भन्ने, सम्मान गर्ने, देउता समान मान्ने, मिठोमीठो खुवाउने, घरमा यसो नगर, उसो नगर भनेर बन्देज हुन्थ्यो । तर मामा घरमा जे गरे पनि हुने, कसैले केही नभन्ने । माया गर्ने, पैसा दिने । यस कारण पनि मामाघर विशेष लाग्थ्यो ।

धेरै चङ्गा उठाउँथे
दशैँमा म पहिले धेरै चङ्गा उठाउँथे । चङ्गा १४, १५ वर्षसम्म पनि उठाउँदै थिए । आफूले उडाउन नपाएको समय अरूले उडाएको हेरर पनि मजा लिन्थे । अरूले चङ्गा जुधाएको, काटेको धेरै रमाइलो लाग्थ्यो । यो क्रममा हौस्याउने, चिच्याउने सबै गर्थे । अरूसँग चङ्गा जुदाएको, काटेको अनुभव पनि छ मसँग । धेरै साथीहरूले स्कुलमा खाजा खान दिएको पैसाले चङ्गा किन्थँे । मलाई भने ममीले किनिदिनु हुन्थ्यो । किनभने मैले चाहेको कुरो घरबाट रोकतोक थिएन । म घरको ज्ञानी छोरी पनि हुँ । डिमान्डको हिसाबले भन्नुपर्दा जिद्दी पनि थिएँ । 

लङ्गुरबुर्जामा धेरै पैसा हारेँ
दशैँमा लङ्गुरबुर्जा पनि धेरै खेल्थँे । बुझेर खेल्ने भने होइन । अरूले जुन दाउमा पैसा लगायो । त्यही लगाउँथे । कसले जित्यो, कसले हार्यो थाहा हुँदैन थियो । मैले जितेभने अरूले दिन्थे । हारे लिन्थ,े दिँदैन थिए । यसको आधारमा म जितहार छुट्याउँथे । लङ्गुरबुर्जामा ममीको धेरै पैसा हारेको छु मैले । एक वर्ष ममीले सामान किन्न पैसा दिएर पसल पठाउनुभएको थियो । जाँदै गर्दा बाटोमा लङ्गुरबर्जा खेल्दै गरेको देखँे । नखेली हिँड्न मनै मानेन । विभिन्न दाउमा पैसा राख्न थोले । फिर्ता आउँछ भन्दाभन्दै सबै पैसा हारँे । बजार हिँडेको पैसा हारेका कारणले आमाको गाली धेरै खाएँ ।

तास खेल्छु 
१५, १६ वर्षसम्म तास खेल्न आउँदैन थियो । ठूलो भएपछि दशैँमा तास खेल्ने बानी पर्यो । गाउँमा भन्दा पनि परिवारसँग बसेर तास खेल्ने गरेकी छु । यो दशैँमा पनि खेलिन्छ होला । बुबा, म, दाइ, भाइ र अन्य आफन्त मिलेर खल्ने गरेका छौँ । तासका धेरै आउँछ । किट्टी, म्यारिज, फरास र कलब्रेक सबै खेल्न जानेकी छु । हारजितको त कुरो भएन । कहिले हारिन्छ कहिले जितिन्छ ।

दशैँमा घरजाँदा बाटैमा बास 
कक्षा ५ पढ्दै थिए । काठमाडौँ बस्थेँ । त्यो वर्ष अत्यधिक पानी परेको थियो । त्यसैले पनि होला मोटर बाटो पनि बिग्रिएछ । काठमाडौँबाट हेटौँडा जाँदा बाटो बिग्रिएको समय हिँडेर खोला तरेर जानुपथ्र्यो । अहिलेको जस्तो दक्षिणकाली हेटौँडाबाटो थिएन । एक मात्र सडक मुग्लिनको थियो । बाटो बिग्रिएकाले सो समय घर जाँदा दुई दिन लाग्यो । एक रात बाटोमै बस्नु पर्यो । बाटो वरिपरि पसलहरू थिएनन् । बाटोमा बस्दा खान केही नपाएर नजिकमा रहेको घरमा मागेर अलिअलि चिउरा खाएका थियौँ । त्यो समयको झलक अहिले पनि आउँछ । 

दशैँमा मात्र हेर्ने हो चलचित्र 
धेरै पहिले चलचित्र हेर्न गाह्रो थियो । धेरैले चलचित्र हेर्ने भनेको दशैँमा हो । तर पनि साथीहरूसँग चलचित्र हेर्न भने गइएन । फिल्म हेर्न कहिले गइन । परिवारसँगै फिल्म हेर्न गइन्थ्यो । अहिलेको जस्तो जहिले पनि चलचित्र हेर्न सम्भव पनि थिएन । परिवाले जहिले लगे त्यहीले हेर्ने हो । चलचित्र पनि धेरै रिलिज हुँदैन थियो । आएको चलचित्र महिनौँसम्म चल्थ्यो । दशैँमा लामो बिदा हुने भएकाले पनि परिवारले चलचित्र हेर्ने इच्छा पुर्याउँथे । यो समय फुर्सद हुने भएकाले पनि चलचित्र हेर्ने वातावरण बन्थ्यो ।

खसी नदेख्दा मन खिन्न
म सामान्य परिवारकी छोरी । सातामा भएन भने पनि दुई पटक खानामा मासु पाक्थ्यो । तर मेरो केही सारै गरिब साथी थिए । जसले महिनौँसम्म पनि मासु देख्न पाउँदैनथे । मलाई एउटा साथीको अहिले पनि यादा आउँछ । जुन साथीको घरमा महिनौ मासु पाक्दैन थियो । मेरो घरमा पाकेको समय  म बोलाएर खुहाउँथँे । म बच्चादेखि नै खसी काट्नु हुन्न भन्ने विचारकी थिए । तर अरूको घरमा खसी देख्दा र आफ्नो नदेख्दा मन खिन्न हुन्थ्यो । ल्याउन जिद्दी गर्थें । घरमा ल्याएर काट्यो भने मासु खान मन लाग्दैन थियो । किन किन माया लाग्थ्यो, एक दिन राखेको भए पनि । बुझ्दै जाँदा घरमा काट्नु हँुदैन भन्ने मनमा पनि भयो । धेरै समय भयो घरमा खसी काट्ने गरेको छैन । बाँहिरबाट किनेर चलाउने गरिएको छ । मासुको विषयमा सोच्दा मानिसको जात राक्षस जस्तो लाग्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप