बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्छ: रविन्द्र मिश्र

सोमबार, २७ पुस २०७७, १८ : ३७
सोमबार, २७ पुस २०७७

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पृथ्वीनारायण शाहको तस्बिर नेपाली मुद्रामा अंकित गर्नुपर्ने बताएका छन् । सोमबार विवेकशील साझा पार्टीको कार्यलयमा आयोजित राष्ट्रिय एकता दिवस विशेष कार्यक्रममा बोल्दै उनले देशको निर्माण गर्ने एक मात्र राष्ट्र निर्माताको सम्मानका लागि नेपालको मुद्रामा उनको चित्र अंकित हुनुपर्ने माग गरेका हुन् ।

उनले गोरखा राज्यलाई विस्तार गरेर सिंगो नेपाल बनाउन अहम भूमिका निर्वाह गरेको बताउँदै उनलाई देशमा जसको सरकार आएपनि उनीप्रति सम्मान गर्न भुल्न नहुने बताए । नेपालभित्रै कतिपय नेपालीहरुले पृथ्वीनारायण शाहको राज्य एकिकरण नभएर गोरखा राज्यको विस्तार भएको आरोप लगाउँदै आएको बताए ।

टिकाटिप्पणी संसारमा भएका जुनकुनै एकीकरणमा पनि राष्ट्रनिर्माणको अभियान पृथ्वीनारायण शाहले जस्तै गरी भएको बताए । उनले भने, ‘नेपालको एकीकरण गर्ने क्रममा हत्या हिंसा भएको समेत बताउने गरिएको भन्दै उनले एकीकरणको क्रममा युद्ध हुने र युद्धको क्रममा सोच्न नसकिने घटनाहरु घट्ने गरेको बताए ।

उनले अन्तर्राष्ट्रिय क्षेत्रमा भएका एकीकरणका अभियानहरुका इतिहासका उदाहरण प्रस्तुत गर्दै भने, ‘जापानमा लोभुनागाले एकीकरण गर्दा होस्, जर्मनीमा विषमार्कले एकीकरण गर्दा होस् अथवा भारतमा अहिंसात्मक एकीकरण कर्ता भनेर चिनिने सौगात बल्लवभाई पटेलले पनि हैदराबाद एकीकरणको क्रममा हजारौँ व्यक्तिको मृत्यु भएको सन् २०१३ मा सार्वजनिक भएको गोप्य दस्तावेजमा खुलेको थियो ।’

उनले २५० वर्ष अगाडी तत्कालीन परिप्रेक्ष्यमा विश्वभर नै एकीकरण र राष्ट्रनिर्माण नै त्यसैगरी भएकाले त्यसलाई इस्यु बनाउन उपयुक्त नभएको जिकिर गरे । विश्वभर बलिया बनेका मुलुकहरु राष्ट्र विस्तारबाट भएका हुन् । र कयौँ राष्ट्रहरु निर्माण हुँदा युद्धमार्फत नै भएका उदाहरण दिँदै उनले युद्धमा बल प्रयोग हुने सामान्य नियम भएको समेत बताए ।

उनले पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको अभियानलाई नेपालको सन्दर्भमा मात्र राखेर हेर्दा अपव्याख्या हुने भन्दै विश्वभरका एकीकरण अभियानलाई मध्यनजर गर्न आग्रह समेत गरे । उनले नेपालको राजनीतिले सिर्जना गरेको समाज निषेधात्मक, संकुचित रहेको बताए । उनले लेलिन, माक्र्स, गान्धीजस्ता व्यक्तिहरुको जन्मदिन मनाउँदा सहजै स्वीकार गर्ने समाजले पृथ्वीनारायण शाहको सम्झनामा एकता दिवस मनाउन हच्किने गरेको समेत उल्लेख गरे ।

उनले बहुलवादी समाजको चरित्रमा फरक मत राख्ने अधिकार भएको भन्दै उनले भने, ‘पञ्चायती शासन व्यवस्थाको समयमा बहुदलवादी सोच राख्ने र लोकतन्त्रमा विश्वास गर्नेहरुलाई अराष्ट्रिय तत्व र मण्डले भनिन्थ्यो । अहिले लोकतन्त्रमा आफूसँग फरक मत राख्नेलाई पश्चगमन र प्रतिगामी भनिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप