बारामा अनेरास्ववियूले देखायो ईश्वर पोखरेल र प्रभु साहलाई कालो झण्डा
सोमबार, २७ पुस २०७७, १८ : २०
बारा । बारामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र शहरी विकास मन्त्री प्रभु साहलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले कालो झण्डा देखाएको छ ।
सोमबार ओली समूहको नेकपाले गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी हुन पुगेका उपप्रधानमन्त्री पोखरेल र शहरी विकास मन्त्री साहलाई अनेरास्ववियूका नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
कालोझण्डा देखाउने क्रममा अखिलका केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला संयोजक राजेश्वर कुशवाहा, विद्यार्थी नेता सन्दीप साहसहित १० जनालाई बारा प्रहरीले पक्राउ गरेको अखिलका नेता सूर्यनारायण साहले जानकारी दिए ।
विद्यार्थीहरुले असंवैधानिक ढंगले संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री बन्नकै लागि गलत कार्यमा समर्थन र सहयोग गरेको भन्दै विरोधस्वरुप कालोझण्डा देखाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत