शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकले १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्दै

सोमबार, २७ पुस २०७७, १७ : ४३
सोमबार, २७ पुस २०७७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ  ।

भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

साधारणसभाले शेयरधनीहरुलाई आ.ब. २०७६/०७७ का लागि ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस सेयर जारी भए पश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नु पर्ने प्रस्ताव छलफल गरि पारित गरेको छ ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै जुममार्फत सेयरधनीहरुका धारणासमेत सामवेश गरेको बैंकले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप