बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सरोकार समितिद्वारा कोभिड–१९  नियन्त्रणका लागि सरकारलाई ३ बुँदे निर्देशन

सोमबार, २७ पुस २०७७, १६ : ३४
सोमबार, २७ पुस २०७७

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोनाभाइरस (कोभिड–१९) रोकथामका लागि सरकारलाई ३ बुँदे निर्देशन दिएको छ । कोभिड–१९ नियन्त्रणका लागि खोप व्यवस्थापनमा तीनै तहका सरकारलाई समन्वय र पूर्वतयारी गर्न समितिले निर्देशन दिएको हो । यस्तै कोभिडको खोपको उपलब्धता बारे यथाशीघ्र अध्ययन गरी बुकिङ गर्नुपर्ने देखिएकाले योजना कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । यता मुलुकमै खोप उत्पादन गर्न सम्भाव्यता अध्ययन गरेर ल्याब स्थापना गर्न समेत समितिले सरकारलाई भनेको छ ।  

कोभिडको प्रभाव र सरकारको भ्याक्सिन योजना विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा विज्ञहरुको राय सुझाव सुनेपछि समितिले त्यसैको आधारमा सरकारलाई निर्देशन दिएको हो  । 
अन्तरक्रियामा विज्ञ डा. प्रभात अधिकारी र डा. झलक गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । सो क्रममा सरुवा रोग विशेषज्ञ समेत रहेका डा. अधिकारीले विश्वमा ४६ वटा भन्दा धेरै मुलुकहरु भ्याक्सिन निर्माणको दौडमा रहेको जानकारी पनि दिए ।

उनले नेपाल पनि भ्याक्सिन उत्पान गर्न सक्षम रहेको तर यसमा धेरै अनुसन्धान हुनुपर्ने ल्याब निर्माण गर्न राज्यले  ढिला गर्न नहुने भन्दै सुझाव व्यक्त गरे । यसका साथसाथै नेपालका पाइने विभिन्न जडिबुटिको प्रयोग गरी भ्याक्सिन बनाउन सकिने कुरामा उनी लगायत  केही डाक्टरहरु अनुसन्धानमा लागिरहेको पनि जानकारी गराए ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख समेत रहेका डा गौतमले विश्वव्यापी रुपमा खोपको अवस्था र नेपाल सरकारको भ्याक्सिन योजनाको बारेमा जानकारी दिएका थिए ।  २ सय २३ वटा खोप पशुमा परीक्षण गर्न लागिएको, ६८ वटा खोप मानवमा परीक्षण गर्न लागिएको, १६ वटा खोप तेस्रो चरणमा रहेका ४ वटा खोपका अन्तरिम नतिजा उत्साहजनक रहेको (फाईजर, मोडर्ना, गामलेया र एस्ट्राजेनेका), ३ वटा खोप आकस्मिक प्रयोगका लागी अनुमति प्राप्त (फाईजर, मोडर्ना र एस्ट्राजेनेका) भएको छ । 

उनले नेपाल सरकारले नेपालमा कोभिड १९ खोपको लागि अनुमानित प्राथमिकिकरण, लक्षित समूह  शुरुमा  स्वास्थ्य र सामाजिक क्षेत्र का लागि ३ प्रतिशत अर्थात ९११,३४२ संख्याको लागि  १,८४२,९१५ डोज,  दोश्रो चरणमा जेष्ठ नागरिक (सबै  ५५ वर्ष भन्दा माथि )अन्य दिर्घरोगी (४० देखि ५४ वर्ष),  तेश्रो चरणमा दिर्घरोगी प्रवासि कामदार र शरणार्थी को लागि १७ प्रतिशत अर्थात ५,१६४,२६९ संख्याको लागि १०,४४३,१८५ डोज, चौथो चरणमा ४० देखि ५४ वर्षका बाँकि सबै लागि ९.५५ प्रतिशत अर्थात २,९०१,१०४ संख्याका लागि ५,८६६,६१३ डोज र अन्तिममा  १५ देखि ३९ वर्षका बाँकि सबैका लागि  ४२.०७५ प्रतिशत अर्थात १२,७८०,०४८ संख्या का लागि २५,८४३,८१३  डोज निधार्रण गरेको खुलासा गरे । साथै यसका लागि सरकारले करिब ४९ अर्ब रकम लाग्ने अनुमान गरेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप