शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेडिटेरेनियन डाइट लगातार चौथो वर्ष शीर्ष स्थानमा, आखिर के हो यो ? यसका फाइदा के ?

सोमबार, २७ पुस २०७७, १३ : ३८
सोमबार, २७ पुस २०७७

इन्टरनेटमा स्वास्थ्यका लागि फाइदाजनक थुप्रै डाइट प्लानबीच हामीले कस्ता खानाले स्वास्थ्यलाई साँच्चै फाइदा पुर्याउँछ भनेर निश्चित गर्न गाह्रो हुन्छ । यसैबीच मेडिटेरेनियन डाइटलाई सन् २०२१ को उत्कृष्ट डाइटको अवार्ड पनि दिइएको छ । यूएन न्यूज एण्ड वर्ल्ड रिपोर्टका अनुसार मेडिटेरेनियन डाइट लगातार चौथो वर्ष संसारको उत्कृष्ट डाइट बनेको छ । आउनुहोस्, मेडिटेरेनियन डाइटका फाइदाबारे जानकारी लिऔं । 

के हो मेडिटेरेनियन डाइटः

मेडिटेरेनियन एक प्लान्ट बेस्ड डाइट हो जसमा फलफूल, सागसब्जी, गेडागुडी, दाल र ओलिभ ओयलजस्ता खानेकुरा समावेश हुन्छन् । यसबाहेक यसमा माछा र कुखुराको मासु र अण्डा पनि समावेश हुन्छ । यसमा ताजा आहारमा जोड दिइन्छ । विशेषज्ञका दाबी अनुसार यो डाइटलाई नियमित अनुसरण गर्नेहरुको स्वास्थ्य निकै राम्रो हुन्छ । 

मुटुको स्वास्थ्यका लागि फाइदाजनकः

अमेरिकन हार्ट असोसिएशन (एडीए) को रिपोर्ट अनुसार मेडिटेरेनियन डाइट हाम्रो मुटुको स्वास्थ्यका लागि  निकै फाइदाजनक हुन्छ र यसमा मुटुजन्य रोगको खतरा पनि कम हुन्छ । अर्थात् उच्च रक्तचाप र मुटु सम्बन्धि अन्य रोगको खतरा कम हुन्छ । 

डाइबिटिज कन्ट्रोलरः

जर्नल डायबिटिजमा प्रकाशित एक रिपोर्टका अनुसार मेडिटेरेनियन डाइट टाइप टु डायबिटिजका बिरामीलाई पनि निकै फाइदाजनक छ । मेडिटेरेनियन डाइटमा भएका एन्टी अक्सिडेन्ट, भिटामिन र अनस्याचुरेटेड फ्याटी एसिडले नेरोवस्क्युलर हेल्थलाई सुधारेर अक्सिडेटिभ स्ट्रेस, मेटाबोलाइट्स र क्रोनिक इन्फ्लेमेशनको खतरा कम गर्छ । 

आन्द्रालाई फाइदाः

थुप्रै अनुसन्धानमा यो पुष्टि भइसकेको छ कि मेडिटेरेनियन डाइट हाम्रो आन्द्राका लागि पनि निकै राम्रो हुन्छ । मेडिटेरेनियन डाइटमा भएका एन्टी इन्फ्लेमेटरी गुणले आन्द्रालाई फाइदा पुर्याउने ब्याक्टेरियाको वृद्धि गर्न मद्दत गर्छ । 

स्तन क्यान्सरको जोखिमः

हालको समयमा स्तन क्यान्सर महिलाका लागि ठूलो चिन्ताको विषय हो । जामा इन्टरनल मेडिसिनमा प्रकाशित एक रिपोर्टमा दाबी गरिए अनुसार मेडिटेरेनियन डाइटले स्तन क्यान्सरको खतरालाई कम गर्न निकै प्रभावकारी भूमिका निर्वाह गर्छ । 

मानसिक स्वास्थ्यका लागि फाइदाजनकः

फलफूल, सागसब्जी, ओखर बदामजस्ता खानेकुराले हाम्रो दिमागको क्रियाकलापलाई पनि दुरुस्त राख्न भन्ने थाहा छ ? जर्नल न्यूरोलोजीमा प्रकाशित एक रिपोर्ट अनुसार यसले कग्निटिव डिक्लाइन प्रोसेसलाई स्लो बनाएर एक जवान मस्तिष्क प्रदान गर्न मद्दत गर्छ । 


मेडिटेरियन डाइटमा केही खानेकुराहरु खानै हुँदैन । यसमा गुलियो खाने कुरा खान मनाही छ । मद्यपानको सेवन गर्नु हुँदैन वा डाक्टरको सल्लाहमा गर्नुपर्छ । शरीरलाई पर्याप्त निद्रा र आराम दिइन्छ । साथै दैनिक वर्कआउटमा पनि फोकस गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप