स्वास्थ्य सेवा विभाग र अस्पतालका ५ निर्देशकको जिम्मेवारी हेरफेर, को कहाँ ?
सोमबार, २७ पुस २०७७, १३ : २०
काठमाडौं—स्वास्थ्य सेवा विभाग र अस्पतालका ५ निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गर्दै विभागका र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डे स्वास्थ्य मन्त्रालयमा तानिएका छन् भने कान्ति बाल अस्पतालका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको मन्त्रालयले जनाएको छ ।
उता कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डाक्टर आरपी बिच्छालाई दिइएको छ । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा डाक्टर मदन उपाध्यायलाई पठाइएको छ भने डाक्टर रमेश खरेललाई विभाग अन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा