पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता
काठमाडौं । तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ । सिकाई पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक रु तीन हजारका दरले दिने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख होम न्यौपानेले जानकारी दिए ।
यसैगरी नगरपालिकाले पूर्वप्राथमिक तहका बालबालिकालाई निःशुल्क पोसाक दिने व्यवस्था समेत गरिएको छ । नगरपालिका क्षेत्रभित्र १९ सामुदायिक विद्यालयमा ९१९ विद्यार्थी पूर्वप्राथमिक तहमा अध्ययनरत् छन् । नगरपालिकाले विद्यालयको पाठ्यक्रम ढाँचाअनुसार कक्षा १ देखि ८ सम्म आफ्नै स्थानीय पाठ्यक्रम तयार गरिसकेको र सो पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक तयार गरी क्रमशः लागू गरिरहेको छ ।
शैक्षिक सत्र २०७६ मा कक्षा १ र ६ मा स्थानीय पाठ्यपुस्तक लागू गरिएको छ । आगामी शैक्षिक सत्र २०७८ देखि कक्षा १ देखि ८ सम्म नै स्थानीय पाठ्यपुस्तक लागू गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : लुम्बिनीले सजिलै हरायो कर्णालीलाई
-
नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष
-
लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार, ५ बजे शपथ
-
के हो दुबईमा वर्षा गराउन प्रयोग गरिएको क्लाउड सिडिङ प्रविधि ?
-
आकाश चोपडा भन्छन्– ‘हार्दिकले मुम्बईसँगै गुजरातलाई पनि डुबाए’
-
डा. विमल कोइराला : ‘भूतले खाजा खाने बेला’को जागिरदेखि मुख्यसचिवसम्म