बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको लाभांश पाउन आजै सेयरधनी बनिसक्नुपर्ने

सोमबार, २७ पुस २०७७, १२ : ४५
सोमबार, २७ पुस २०७७

सिद्धार्थ बैंकको आजसम्म बन्ने सेयरधनीले लाभांश पाउने भएका छन् । बैंकको  लाभांश सुरक्षित गर्न आज (पुस २७ गते) सोमबार अन्तिम रहेकाले आजसम्म बन्ने सेयरधनीले लाभांश पाउने भएका हुन् । 
 बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । बैंकको साधारण सभा माघ १६ गते बस्दैछ भने साधारण सभा प्रयोजनका लागि पुस २८ गते बुक क्लोज हुने बताइएको छ  । 

 केही समय अघि सिद्धार्थ बैंक मर्जरमा जाने हल्ला चलेको थियो तर त्यसलाई बैंकले हल्लामा सत्यता नभएको स्पष्ट पारिसकेको छ । 
सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९६ पैसाले घटेर २० रुपैयाँ ७ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १ सय ७५ रुपैयाँ ६३ पैसा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप