मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

आजपनि घट्यो सुनको मूल्य, तोलामा कति ?

सोमबार, २७ पुस २०७७, ११ : २७
सोमबार, २७ पुस २०७७

नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर सोमबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 
यसअघि शुक्रबार छापावाल सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै सोमबार तेजावी सुन तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १२३० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप