पहिरोले क्षति गरेका धुलिखेल–सिन्धुली–बर्दिवास सडक निर्माणको काम सम्पन्न
धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न स्थानमा पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अनुदान सहयोगमा सो सडक पुनर्निर्माणको काम गरेको थियो ।
झण्डै एक दशक पहिले जाइकाको आर्थिक सहयोगमा सो सडकको निर्माण भएको थियो । विसं २०७२ को भूकम्पमा पाँच ठाउँमा ठूलो पहिरो गएर सडक पूरै भत्किएको थियो । सडक निर्माण सकेर यही महिनामा हस्तान्तरण गर्न लागेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । उनका अनुसार यी स्थानमा पहिरोको नियन्त्रण गरी सडक पुनःस्थापनाको काम भएको छ । जाइकाले रु एक अर्बभन्दा बढीको अनुदान सहयोगमा निर्माणको काम गरेको थियो । उनले भने, “अझैसम्म कोभिड पूरै नहटेको भए पनि काम भइरहेको छ ।”
धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले अरु विभिन्न खण्डमा मर्मतको काम गरिरहँदा जाइकाको अनुदानमा सडक पहिरोका कारण क्षतिग्रस्त भएका स्थानमा पुनःस्थापना भइरहेको हो । विश्वव्यापी फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पूरै नहटेकाले अरु दातृ निकायको सहयोगमा निर्माणाधीन सडक निर्माण अघि बढ्न नसके पनि जाइकाको सहयोगमा निर्माण भएका आयोजना अघि बढेको विभागले जनाएको छ । यो सडकसँगै जाइकाले नागढुङ्गा–सिस्नेखोला पनि अघि बढाइरहेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको सडक ठप्प छ भने भारत सरकारको सहयोगमा निर्माण भएका निर्माण अघि बढे पनि सुस्त गतिमा काम भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी घिमिरेलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’
-
मुख्यमन्त्रीले विश्वासको मत लिने संसद् बैठक कांग्रेसले ‘बहिष्कार’ गर्ने
-
नर्सको पीडा : लगानी लाखौँमा, आम्दानी हजारमा
-
आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव
-
सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय
-
जलारीमार्फत फेवातालको जलकुम्भी निकाल्दै पोखरा महानगर