हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्छः नेता प्रधान
सोमबार, २७ पुस २०७७, ११ : ११
जनताको चाहना र राष्ट्रको आवश्यकताबमोजिम हिन्दुराष्ट्र पुनःस्थापना गर्नु वाञ्छनीय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानले बताएका छन् ।
‘प्रजातन्त्र भनेकै जनताको शासन हो । प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य छ । यसैले हिन्दुराष्ट्रको माग गर्दै देशव्यापी उर्लेको जनलहरको कदर गरेर देशमा हिन्दुराष्ट्र् पुनःस्थापना गर्न जरुरी भएको छ,’ राप्रपाका सचिवालय प्रमुख समेत रहेका प्रधानले नवलपरासीको महेशपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
सो क्रममा हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै प्रदर्शनको समेत गरिएको थियो । प्रदर्शनका क्रममा राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा, भ्रष्टाचार नियन्त्रण, सरकारको असफलता र प्रतिनिधिसभा विघठनको विरुद्धमा नारा लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)