बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ऋतिक रोशनमाथि भारी परे यी गल्ती जसले चम्कियो आमिर–शाहरुखको भाग्य

सोमबार, २७ पुस २०७७, ०९ : ५४
सोमबार, २७ पुस २०७७

ऋतिक रोशन बलिउडका सुपरस्टार हुन्, यसमा कुनै शंका छैन । पछिल्लो दुई दशकमा ऋतिक रोशनले एकपछि अर्को गर्दै थुप्रै फिल्ममा अभिनय गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । तर ऋतिक रोशनले यस्ता फिल्ममा अभिनय गर्न मानेनन् जसले सायद उनलाई करियरको भिन्न स्थानमा पुर्याउँथ्यो । ऋतिक रोशनले अस्विकार गरेका यी फिल्ममा आमिर खान र शाहरुख खानले अभिनय गरेर बलिउडमा आफ्नो स्थान थप बलियो बनाएका छन् । यहाँ ऋतिक रोशनका तीन हलिउड फिल्मको पनि कुरा गर्नेछौं जुन मज्जाले हिट भए । आउनुहोस्, यी फिल्मबारे कुरा गरौं । 

रंग दे बसन्तीः

आमिर खानको करियको सबैभन्दा शानदार तथा क्लासिक फिल्म रंग दे बसन्तीका लागि निर्माताले सबैभन्दा पहिले ऋतिक रोशनलाई प्रस्ताव राखेका थिए । तर त्यतिबेला ऋतिक रोशन आफ्नो ब्लकबस्टर फिल्म कृषलाई पूरा गर्न व्यस्त थिए । त्यसैले उनले यो प्रस्ताव अस्विकार गरिदिए । 

दिल चाहता हेः

आमिर खानको अर्को एउटा फिल्म दिल चाहता है, सुरुमा ऋतिक रोशनलाई अफर गरिएको थियो । फरहान  अख्तरको यो फिल्मको स्क्रिप्ट आमिर खानलाई निकै मन परेको थियो । उनले नै सैफ अली खानलाई यो फिल्मका लागि मनाएका थिए । जबकी ऋतिक रोशनलाई सिडका भूमिकाका लागि प्रस्ताव गरिएको थियो । यसलाई उनले अस्विकार गरिदिए । पछि यो भूमिका अक्षय खन्नाले निभाएका थिए । 

स्वदेशः

निर्देशक आशुतोष गोवारिकरको निर्देशनमा बनेको यो फिल्मका लागि निर्माताले सुरुमा ऋतिक रोशनलाई प्रस्ताव राखेका थिए । तर त्यतिबेला उनी आफ्ना अन्य प्रोजेक्टमा व्यस्त थिए र उनले फिल्म अस्विकार गरिदिए । पछि यसमा शाहरुख खानको एन्ट्री भयो । यो शाहरुख खानको करियरको एउटा क्लट र क्लासिक फिल्म मानिन्छ । 

मै हूँ नः

शाहरुख खानको फिल्म मे हूँ नमा फराह खान ऋतिक रोशनले शाहरुख खानका भाइको भूमिका निर्वाह गरुन् भन्ने चाहना राखेकी थिइन् । उनी बारम्बार एकै किसिमको भूमिका गर्न चाहँदैनथे त्यसैले उनैले यसका लागि जायद खानको नाम सुझाएका थिए । यसअघि ऋतिक रोशन र शाहरुख खानले कभी खुसी कभी गममा सँगै काम गरेका थिए । यो फिल्म सुपरहिट साबित भएको थियो । 

बन्टी और बबलीः

तपाईंलाई सुन्दा अचम्म लाग्ला तर ऋतिक रोशनले नै यो फिल्मका लागि निर्मातालाई अभिषेक बच्चनको नाम सुझाएका थिए । यो फिल्म सुरुमा ऋतिक रोशनलाई नै अफर गरिएको थियो । तर ऋतिकलाई आफू यो पात्रका लागि फिट नहुने लागेर यसमा अभिनय गर्न अस्विकार गरे । 

पिंक प्यान्थर टुः

धूम–टु, जोधा अकबर र गुजारिशमा ऐश्वर्या राय र ऋतिक रोशनको जोडीलाई मानिसहरुले निकै रुचाए । त्यसपछि उनलाई हलिउड फिल्म पिंक प्यान्थर टुका लागि पनि अप्रोच गरिएको थियो । तर नायकले यो फिल्म आफ्नो व्यस्त दैनिकीका कारण अस्विकार गरिदिए । 

फास्ट एण्ड फ्यूरियसः

यो फिल्ममा निर्माता रब कोहेनले आफूलाई ऋतिक रोशनका प्रशंसक बताउने गर्छन् । उनले पनि आफ्नो यो फिल्म फ्रेन्चाइजीका लागि नायकलाई अप्रोच गरेका थिए । तर उनले आफूले हलिउड फिल्ममा मात्रै अभिनय गर्ने बताउँदै फिल्म अस्विकार गरे । 

आईको हिन्दी रिमेकः

तमिल फिल्म आई एक ब्लकबस्टर फिल्म हो । यो फिल्मको हिन्दी रिमेका लागि नायक ऋतिक रोशनलाई अप्रोच गरिएको थियो । तर उनले यो अफर अस्विकार गरे जसका कारण फिल्म बन्न पाएन । 

शुद्धिः

यो फिल्म बन्न त पाएन तर यो फिल्मका लागि पनि निर्माताले ऋतिक रोशन र करिना कपुरलाई अप्रोच गरेका थिए । उनीहरुले अस्विकार गरेपछि फिल्ममा रणवीर सिंह र दीपिका पादुकोणले फिल्ममा अभिनय गर्ने चर्चा चलेको थियो । 

ह्याम्लेट आधारित फिल्मः

ऋतिक रोशनको विषयमा निर्माता निर्देशक तिग्मांशु धुलियो पनि एउटा फिल्म बनाउने योजना बनाइरहेका थिए जुन शेक्सपियरको उपन्यास ह्याम्लेटबाट प्रेरित थियो । तर नायकले यो फिल्मका लागि अस्विकार गरिदिए । पछि तिग्मांशु धुलियाले पनि यो फिल्म रद्द गरिदिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप