मध्यपश्चिमाञ्चल विश्वविद्यालय तनावग्रस्त

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अहिले तनावग्रस्त बनेको छ । प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएपछि नेविसंघले विभिन्न मागसहित आन्दोलन गरिरहेको छ ।
परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र विद्यार्थी प्रतिनिधिबीचको छलफलका क्रममा विवाद हुँदा आईतबार साँंझ स्थिति तनावग्रूत बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्ष्मण बोगटी घाइते भएका थिए ।
विद्यार्थीहरुले सोमबार बिहानैदेखि केन्द्रीय क्याम्पसको मुलगेट अगाडि विरोध प्रदर्शन गरिरहेका छन् । विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहविरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
विद्यार्थीहरुले हालसम्म काउन्सिलमा दर्ता नभएको हाइड्रो ईन्जिनियरलाई दर्ता गराउनुपर्ने, मौका परीक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको नेविसंघका नेता गौतम बिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मणिपालमा फरेन्सिक मेडिसिन क्विज सफलतापूर्वक सम्पन्न
-
हिजोको घटनामा पूर्वराजालाई जोड्नु अनुपयुक्त : कमल थापा
-
कांग्रेस नेता सिटौलाले मागे शुक्रबारको हिंसात्मक घटनाबारे पूर्वराजाको धारणा
-
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
-
पत्रकार हत्याको विरोध महासंघद्वारा आन्दोलनका थप कार्यक्रम तय
-
नैनशोभाको सुपारी