शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय खेलाडीमाथि रंगभेदी टिप्पणी, अस्ट्रेलियाले माग्यो माफी

सोमबार, २७ पुस २०७७, ०८ : ०५
सोमबार, २७ पुस २०७७

तेस्रो टेस्टका दौरान भारतीय खेलाडीमाथि दर्शकले रंगभेदी टिप्पणी गरेको आरोपमा अस्ट्रेलियाको क्रिकेटको नियमाक निकायले माफी माग्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सिड्नीमा भइरहेको तेस्रो टेस्टको खेलका क्रममा शनिबार जसप्रित बुमराह र आइतबार मोहम्मद सिराजले आफूहरुमाथि रंगभेदी टिप्पणी भएको आरोप लगाएका थिए । आइतबार सो घटनाका कारण १० मिनेट खेल रोकिएको थियो भने ६ जना दर्शकलाई सिड्नी क्रिकेट मैदानबाट बाहिर पठाइएको थियो ।

क्रिकेट अस्ट्रेलिया (सीए) र न्यू साउथ वेल्स प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । भारतले शनिबार नै रंगभेदी टिप्पणीबारे खेलका रेफ्री डेभिड बुन र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई जानकारी गराएको थियो । आईसीसीले यस विषयको अनुसन्धानमा क्रिकेट अस्ट्रेलियालाई सहयोग गर्ने बताउँदै दुई हप्ताभित्र यसबारे रिपोर्ट पेस गर्न सीएलाई निर्देशन दिएको छ । सीएका अधिकारी सीन क्यारोलले रंगभेद अस्ट्रेलियाको क्रिकेटमा स्वीकार्य नभएको बताउँदै दोषीको पहिचान गरी कारवाही गरिने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप