ह्वाइट हाउसबाट बिदा हुनु अघि ट्रम्पले युद्धको घोषणा गर्ने वा न्यूक्लियर बटन दबाउने सम्भावना कति ?

ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद्मा हमला गरिएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नै समर्थकको अत्यधिक आलोचनाको सामना गर्नुपरिरहेको छ ।
थुप्रै रिपब्लिकन सिनेटर अब उनलाई समर्थन गर्न तयार छैनन् र ट्रम्पद्वारा नियुक्त गरिएका केही मानिसहरुले यो घटनापछि राजिनामा दिएका छन् ।
निश्चित कार्यक्रम अनुसार अमेरिकाका ४५ औं राष्ट्रपति डोनल्ड ट्रम्पले २० जनवरीपछि ह्वाइट हाउस छोड्नु पर्नेछ र त्यसै दिन अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्नेछन् ।
तर क्यापिटल बिल्डिङमा भएको हिंसापछि डेमोक्रेट नेता प्रतिक्षा गर्ने मनसायमा छैनन् । उनीहरु ट्रम्पले जतिसक्दो छिटो अफिस खाली गरिदिउन् भन्ने चाहन्छन् । साथै उनीमाथि राष्ट्रपति पदको पुनः लड्नका लागि रोक लगाउन पनि माग गरिरहेका छन् ।
अमेरिकी संसदकी सभासद् नेन्सी पेलोसीले शुक्रबार ट्रम्पले छिटोभन्दा छिटो ह्वाइट हाउस छोड्ने घोषणा नगरे आफूले ट्रम्पविरुद्ध महाभियोगगको कारवाही सुरु गर्ने बताइन् ।
पेलोसीले ट्रम्पको बयानबाजीकै कारण हिंसा भड्किएको आरोप लगाएकी छिन् । उक्त हिंसामा एक प्रहरी अधिकारीसमेत पाँचजनाको मृत्यु भयो ।
ट्रम्पमाथि यसअघि पनि लगाइएको महाभियोगको कारवाहीका बेला रिपब्लिकन सांसद उनको पक्षमा थिए तर अब उनको साथमा खासै कोही पनि छैनन् ।
यद्यपि, उनीहरु ट्रम्पविरुद्ध जान पनि तयार छैनन् । अर्थात्, डोनाल्ड ट्रम्पले आफ्ना लाखौं समर्थकको सहानुभूति गुमाइसकेका छन्, चाहे उनीहरु ट्रम्पप्रति जति नै इमान्दार होउन् ।
यता ट्रम्पले भने संसदमा राष्ट्रपति चुनावको नतिजालाई चुनौती नदिएका र बाइडेनको जीतलाई नरोक्ने सबै रिपब्लिकन सांसदको समानान्तरमा नयाँ उम्मेद्वारा नियुत्त गर्ने बाचा गरेका छन् ।
राजिनामा र आशंकाः
अमेरिकी संसद्मा भएको हिंसाको चौतर्फी आलोचना भएको छ । थुप्रै बफादार रिपब्लिकन नेताले पनि यो घटनाको खुल्ला रुपमा निन्दा गरेका छन् । आलोचना गर्नेहरुमा ट्रम्प प्रशासनकै थुप्रै पूर्व मन्त्री र वरिष्ठ अमेरिकी कूटनीतिज्ञ पनि समावेश छन् ।
संसद हिंसापछि संसदो कारवाहीमा दुबै पार्टीका नेताले राष्ट्रपतिको व्यवहारको निन्दा गरे ।
डेमोक्रेट नेताले ट्रम्पले तुरुन्त कार्यालय छोड्नुपर्ने माग राखेका छन् । डेमोक्रेट नेताले ‘ट्रम्प पूरा देशका लागि खतरा भएको बताउँदै उनले उनको दिमागमा के चलिरहेको छ, त्यसबारे अनुमान लगाउन मुश्किल भएको र उनलाई ह्वाइट हाउसमा १० दिन थप बस्न दिनुको कुनै अर्थ नभएको’ बताएका छन् ।
यदि ट्रम्पलाई समय अगावै पदबाट हटाइयो भने उनी अर्को चुनाव लड्न सक्ने छैनन् ।
त्यसैले अमेरिकाका उप–राष्ट्रपति तथा राष्ट्रपति चुनावमा उनका पार्टनरको रुपमा काम गरेका माइक पेन्स र मन्त्रीले राष्ट्रपतिलाई अवकाश गराउने कारवाही सुरु गर्नु पर्नेछ ।
अमेरिकी संविधानको २५ औं संशोधन अनुसार यस्तो गर्न सकिन्छ तर संसदकी सभामुख नेृन्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक नेता चक शूमरले पहिले नै माइक पेन्सलाई यस्तो कदम उठाउनका लागि भनिसकेका छन् ।
तर पेन्सले अहिलसम्म उनीहरुको अपिलमा कुनै प्रतिक्रिया दिएका छैनन् ,
केही मानिसहरुका अनुसार उनी यो योजनालाई समर्थन पनि गर्न सक्छन् किनभने ट्रम्प प्रशासनका थुप्रै वरिष्ठ अधिकारीले सांकेतिक रुपमा यसको विरोध गरिसकेका छन् जस्तै थुप्रै अधिकारीले पछिल्ला दिनमा राजिनामा दिएका छन् ।
यसअघि जब डेमोक्रेटिक पार्टीले ट्रम्पविरुद्ध महाभियोगको कारवाही गर्न चाहेको थियो तब ट्रम्प क्याबिनेटको समर्थन नपाएकाकारण यो सफल हुन सकेको थिएन ।
तर यसपटक सभामुख नेन्सी पेलोसीले उनका सहयोगीसँग कुरा गरिरहेकी छिन् । उनीहरुलाई सम्झाउने कोसिस गरिरहेकी छिन् कि ट्रम्पका एक्सन खतरनाक छन् । उनका अनुसार ट्रम्प एक ठूला खतरा साबित हुनसक्छन् ।
परमाणु हमलाको डरः
पेलोसीले आफ्नो एक पत्रमा उनले अमेरिकी जनरल अफ स्टाफ जनरल मार्क मिलीसँग यदि अस्थिर राष्ट्रपति ट्रम्पले कुनै युद्धको आदेश दिए वा परमाणु हमलाको आदेश दिए के होला भन्ने विषयमा कुरा गरिरहेको जानकारी दिएकी छिन् ।
यसमाथि जनरलले के जवाफ दिए, सार्वजनिक रुपमा यसको कुनै जानकारी छैन ।
नेन्सी पेलोसीको चेतावनी अनुसार यदि ट्रम्पले यो हप्ता ह्वाइट हाउस नछोडे अबको केही दिनमा ट्रम्पविरुद्ध महाभियोग कारवाही सुरु हुनसक्छ ।
संसदको तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत छ जसले ट्रम्पविरुद्ध यो कारवाही सुरु गर्न सक्छ र यदि यस्तै भए ट्रम्प एक्ला अमेरिकी राष्ट्रपति हुनेछन् जोविरुद्ध दुई पटक महाभियोगको कारवाही हुनेछ ।
तर सिनेटमा अहिले पनि डेमोक्रेटिक पार्टीसँग त्यति भोट छैन कि रिपब्लिकन नेताको समर्थन बिना उनीविरुद्ध यो कारवाही पूरा गर्न सकियोस् ।
सिनेटमा जो नेता ट्रम्पको व्यवहारमा खुसी छैनन्, उनीहरुलाई पनि ट्रम्पविरुद्ध महाभियोगको कारवाही सुरु गर्न कुनै हतार छैन ।
सन् २०१९ मा जब डेमोक्रेटिक पार्टीद्वारा यस्तो प्रकारको कारवाहीको कोसिस गरिएको थियो, रिपब्लिकन सिनेटरले यसको खण्डन गरेका थिए । अब तीमध्ये धेरैजसो सिनेटर शान्त छन् र कतिले त खुल्ला रुपमा संसदमा भएको घटनामा ट्रम्पको कुनै गल्ती नभएको बताइरहेका छन् ।
‘ट्रम्पलाई हटाएर फाइदा कम, हानी बढी’
साउथ क्यरोलाइनबाट रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले भनेकी छिन्, ‘कार्यकालका अन्तिम दिनमा यदि ट्रम्पविरुद्ध कारवाही गरिए यसले फाइदाभन्दा बढी हानी पुर्याउनेछ । मलाई आशा छ, यसले कतिसम्मको क्षती पुर्याउँछ भनेर बाइडेनले आँकलन गर्नेछन् ।’
अन्य केही रिपब्लिकन नेता पनि यही तर्क दिएका छन् ।
रिपब्लिकन नेताका अनुसार अन्तिम दिनमा ट्रम्पविरुद्ध कारवाही गरिए देश थप विभाजित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिर परिसरमा शव फेला
-
काठमाडौँ लगायतका जिल्लामा हल्का वर्षा (भिडियो)
-
सरकारले किन खारेज गर्यो नागरिक एप निर्देशिका ?
-
नयाँ दिल्लीको एक ‘बदनाम’ गल्ली, जहाँ दैनिक सरदर २० हजार थान कण्डम खपत हुन्छ
-
रत्नकुमार बान्तवासँगको मेरो त्यो अन्तिम भेट
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै