आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ट्रम्पले नजाने भनेपनि उप–राष्ट्रपति माइक जो बाइडेनको शपथ ग्रहणमा सरिक हुँदै

सोमबार, २७ पुस २०७७, ०६ : ४०
सोमबार, २७ पुस २०७७

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा समावेश हुने छैनन् तर उपराष्ट्रपति माइक पेन्सको भने सहभागिता हुनेछ । अमेरिकी मिडियालाई उद्धृत गर्दै समाचार एजेन्सीले यस्तो जानकारी दिएका हुन् । बाइडेन र कमला ह्यारिसको शपथ ग्रहण कार्यक्रम २० जनवरीमा हुनेछ । अमेरिकामा यसलाई इनगरेशन डेसेरेमनी भनिन्छ । 

ट्रम्प र पेन्सको सम्बन्धमा तिक्तताः

दुई दिन अघि ट्वीटरले डोनल्ड ट्रम्पको नीजि अकाउन्ट बन्द गरिदिएका थिए । यसअघि नै ट्रम्पले आफू जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा सरिक नहुने स्पष्ट पारिसकेका थिए । यद्यपि, उप–राष्ट्रपति माइक पेन्सले ट्रम्पभन्दा भिन्न मत राखे । साथै पेन्सले ६ जनवरीमा इलेक्टोरल कलेजको भोटको गन्तीका बेला जुन हंगामा भयो, आफूले त्यसको निन्दा गर्ने बताए । पेन्सले यसलाई लोकतन्त्रमाथिको हमला बताउँदै यसलाई अमेरिकी इतिहासको कालो दिन बताए । पछि पेन्सले ट्रम्पको व्यवहारलाई पक्षपाती बताएका थिए । 

बाइडेन खुसीः

बाइडेनले शुक्रबार मिडियासँगको कुराकानीमा ट्रम्प नआउने कुरामा आफू खुसी भएको र पेन्सको उपस्थितीलाई आफूले स्वागत गर्ने बताए । सीएनएनसँगको कुराकानीले पेन्सले बाइडेनको ट्रान्सिजसन टीमलाई शपथ ग्रहण कार्यक्रममा सरिक हुन आग्रह गर्दै मेसेज पठाइदिएका छन् । बाइडेनले ट्रम्पलाई इतिहासका सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा दिएका थिए । साथै उनी राष्ट्रपति बन्न लायक नै नभएको पनि बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप