सुनचाँदी व्यवसायी महासङ्घमा शाक्य निर्वाचित
![सुनचाँदी व्यवसायी महासङ्घमा शाक्य निर्वाचित](https://rpcdn.ratopati.com/media/albums/sunchadi1_YwEBfDYH5j.png)
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासङ्घको आज सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन् ।
साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन् । एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् ।
साधारणसभाको गत शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ २०६९ साल फागुुन २० गते विधिवत्रुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता सङ्गठन हो । मुलुकको सङ्घीय संरचनाअनुरुप सातैवटा प्रदेशमा प्रदेश महासङ्घका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला/नगर सङ्घको अलावा एसोसिएट सदस्य तथा वस्तुगत सङ्घहरु यस महासङ्घमा आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी