राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा एन्टिबडी परीक्षण सुरु
आइतबार, २६ पुस २०७७, २० : ५२
![राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा एन्टिबडी परीक्षण सुरु](https://rpcdn.ratopati.com/media/albums/teku_PzudOnCjCD.jpg)
काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एन्टिबडी परीक्षण सुरु गरेको छ । आइतबार अर्थात आजदेखि प्रयोगशालाले एन्टिबडी परीक्षण सुरु गरेको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले बताए । कोरोना संक्रमण भएको थाहा नपाइक कोरोनामुक्त भए पनि एन्टिबडी परीक्षण गर्दा विगत संक्रमण भए नभएको थाहा पाउन सकिन्छ ।
सरकारले एन्टिबडी परीक्षण पहिलो पटक सुरु गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एन्टिबडी परीक्षण सुरु भएसँगै अन्य सरकारी प्रयोगशालामा पनि विस्तार गर्ने राष्ट्रिय प्रयोगशालाले जनाएको छ ।
आइतबारदेखि शुक्रबार बिहान ८ देखि मध्यान्ह १२ बजेसम्म नमुना संकलन गर्ने गरिने छ । एक दिनमा १ हजार जनाको एन्टिबडी परीक्षण गर्न सकिन्छ भने परीक्षण शुल्क १ हजार लाग्ने प्रयोगशालाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित