दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको इन्डोनेसियाद्वारा जानकारी

एजेन्सी । इन्डोनेसियाली उड्ययन अधिकारीहरूले दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानका दुबै ‘ब्ल्याक बक्स’को स्थान पत्ता लगाएको बताएका छन् । उनीहरूले ‘ककपिट’ आवाज र उडानको ‘डाटा रेकर्डर’लाई सङ्केत गर्दै भने ‘ब्ल्याक बक्स’का माध्यमबाट विमानमा दुर्घटनापूर्व के भएको हो भनेर बुझ्नको लागि महत्वपूर्ण जानकारी मिल्ने बताएका छन् ।
“हामीले दुबै ‘ब्ल्याक बक्स’ रहेको स्थान पत्ता लगाउन सफल भएका छौँ,” इन्डोनेसियाको यातायात सुरक्षा निकायका प्रमुख सोरजान्टो तज्जान्टोले भने । “गोताखोरहरूले छिट्टै ती यन्त्रलाई खोज्न थाल्नेछन् र छिट्टै ब्ल्याक बक्सलाई पानीबाट बाहिर निकालिनेछ ।” यसअघि इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका बताइएको छ ।
जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्यसहित ६२ जना सवार थिए । जकार्ताको सोकार्नो–हाता अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार
-
१० बजे १० समाचार : राप्रपामा स्वतः पद जाने निर्णयदेखि गुणाकरलाई गभर्नरमा रोक्ने प्रयाससम्म
-
बेंगलुरु र पञ्जाबबिचको खेल १४–१४ ओभरको हुने
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए