ओलीलाई निरंकुश र अधिनायकवादी चरित्र रोक्न प्रचण्ड-माधव पक्षको चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न निर्देशन दिएको छ । आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकका निर्णयबारे जानकारी दिँदै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीका त्यस्ता कार्य तत्काल रोक्न चेतावनी दिएको जानकारी दिए । मुख्यत चार जना पूर्व प्रधानन्यायाधीशले हालै देश, जनता, संविधान र निष्ठाका कारण प्रतिनिधसभा विघटनबारे सार्वजनिक दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमान गर्ने र धम्क्याउने कार्य गरेको भन्दै त्यसलाई प्रतिवाद गर्दै भर्त्सना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले संवैधानिक अधिकार र स्वतन्त्रताका लागि सबैलाई एकजुट हुन र रक्षा गर्न आव्हान गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । राज्यको साधन स्रोतको लगानीमा सञ्चालित सरकारी सञ्चारमाध्यमहरु कुनै गुटको प्रचारमा लागेको भन्दै त्यस्ता सञ्चारमाध्यमहरुलाई गुटको सेवा गर्ने काम बन्द गर्न पनि बैठकले माग गरेको छ । बैठकले ओलीको असंवैधानिक कदमका विरुद्धमा पार्टीले सञ्चालन गर्ने विरोधका कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो
-
अनि कांग्रेसमै फर्कने निर्णयमा पुगेँ...
-
वैकल्पिक वित्तको कानुन बनाउँदै अर्थ मन्त्रालय, स्रोतको समस्या टार्ने लक्ष्य
-
आशिकी ३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?