सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीलाई निरंकुश र अधिनायकवादी चरित्र रोक्न प्रचण्ड-माधव पक्षको चेतावनी

आइतबार, २६ पुस २०७७, १८ : ५५
आइतबार, २६ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न निर्देशन दिएको छ । आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीका त्यस्ता कार्य तत्काल रोक्न चेतावनी दिएको जानकारी दिए ।  मुख्यत चार जना पूर्व प्रधानन्यायाधीशले हालै देश, जनता, संविधान र निष्ठाका कारण प्रतिनिधसभा विघटनबारे सार्वजनिक दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमान गर्ने र धम्क्याउने कार्य गरेको भन्दै त्यसलाई प्रतिवाद गर्दै भर्त्सना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले संवैधानिक अधिकार र स्वतन्त्रताका लागि सबैलाई एकजुट हुन र रक्षा गर्न आव्हान गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । राज्यको साधन स्रोतको लगानीमा सञ्चालित सरकारी सञ्चारमाध्यमहरु कुनै गुटको प्रचारमा लागेको भन्दै त्यस्ता सञ्चारमाध्यमहरुलाई गुटको सेवा गर्ने काम बन्द गर्न पनि बैठकले माग गरेको छ ।  बैठकले ओलीको असंवैधानिक कदमका विरुद्धमा पार्टीले सञ्चालन गर्ने विरोधका कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप