शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा

आइतबार, २६ पुस २०७७, १८ : १०
आइतबार, २६ पुस २०७७

काठमाडौं । ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ  बैंक लिमिटेडले नयाँ सेवा ‘स्मार्ट टेलर’सञ्चालनमा ल्याएको छ ।  

यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बंैक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सक्नेछन् जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बैंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ । 

ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्धार्थ बैंक स्माट) बाट बैंकको काउण्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक १० लाखसम्मको रकम निकाल्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप