२० दिनका लागि तातोपानी नाका बन्द हुने
काठमाडौं । नेपाल–चीन व्यापारिक नाका तातोपानी भन्सार नाका २० दिनका लागि बन्द हुने भएको छ । दुई देश बीचको सीमा जोड्ने मितेरी पुल मर्मका लागि करिब तीन साता नाका बन्द गर्न लागिएको तातोपानी भन्सार कार्यालले जनाएको छ ।
आगामी जनवरी २० देखि फेब्रुअरी १० अर्थात् माघ ७ गतेदेखि २७ गतेसम्म नाका पूर्णरुपमा बन्द गरिने सूचना चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले रातोपाटीलाई जानकारी दिए । यद्यपि आधिकारिक सूचना भने आफुहरुले अहिलेसम्म पाइनसकेको खत्रीले बताए ।
‘आगामी जनवरी २० देखि २० दिनका लागि नाका बन्द गरिने भन्ने सूचना चिनियाँ पक्षबाट आएको छ । तर यो हामीले आधिकारिक रुपमा पाएको सूचना भने होइन’ भन्सार प्रमुख खत्रीले भने, ‘उताबाट व्यवसायीहरुलाई सामान लोड नगर्न भन्ने सूचना आएको रहेको छ । नेपाल–चीन बीचको मितेरी पुल मर्मत गर्नु पर्नाका कारण कम्तिमा २० दिन लाग्ने र सो समयसम्म नाका पूर्णरुपमा बन्द गरिने जानकारी गराइएको रहेछ । त्यसैका आधारमा हामीले थाहा पाएका हौं’ खत्रीले भने ।
त्यसो त तातोपानी नाका अन्तरगतको मितेरी पुल बर्खाको पानी, बाढि पहिरोले आंशिक रुपमा प्रभावित भएको थियो । सोही पुलको मर्मतका लागि अहिले चिनियाँ पक्षले काम गर्ने भएपछि केहि दिन नाका प्रभावित हुने भएको हो ।
हाल दैनिक रुपमा सो नाका हुँदै १५ देखि १८ वटा मालबाहक कन्टेनर नेपाल प्रवेश गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन