भायोनेटको सर्भरमा छिरेर सूचना चोर्ने युवा पक्राउ
आइतबार, २६ पुस २०७७, १७ : २३

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटको सर्भरमा अनधिकृत पहुँच राखेर सूचना चोर्ने युवालाई प्रहरीले पक्रेको छ ।
सूचना चोरेको आरोपमा रुपन्देही घर भएका १८ बर्षिय युवा नरपिचास (नाम परिवर्तन) लाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नबिन्द अर्यालले रातोपाटीलाई बताए ।
तिलोत्तमा नगरपालिका–१ का ति युवाले भायोनेटका ग्राहकको तथ्यांकमा छिरेर सूचना चोरी गरेका थिए । रुपन्देहीबाट पक्राउ गरिएका नरपिचासलाई प्रहरीले विद्युत्तिय कारोबार ऐन–०६३ अनुसार अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।
‘नरपिचास’ ले आफ्नो नाम परिवर्तन गरेर सामाजिक सञ्चाल फेसबुक, इन्स्टाग्राम र ट्विटरबाट भायोनेटका ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक गरेपछि उनलाई पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा