दोहोरो अंकले वृद्धि भएको सेयर बजारमा प्रभु बैंकको सबैभन्दा बढी कारोबार
आइतबार, २६ पुस २०७७, १५ : ४७
साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार ४१.२४ अंकले बढेको हो ।
कारोबारमा आएका २०७ कम्पनीको ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँभन्दा बढी सेयर कारोबार भएको हो । आज जीवन बिमा बाहेक सबै समुहमा उछाल आएको छ । विकास बैंक, व्यापार समुह र बैकिङ समुहमा सबैभन्दा बढी वृद्धि भएको छ ।
सबैभन्दा बढी कमाउनेमा प्रभु लाइफ इन्सुरेन्स रहेको छ । दोस्रोमा नारायणी डेभलपमेन्ट बैंक छ भने तेस्रोमा आरम्भ लघुवित्त चौतारी वित्तिय संस्था रहेको छन् । यस्तै कारोबारको आधारमा सबैभन्दा बढी कारोबार हुनेमा प्रभु बैंक रहेको छ ।
यसको ४० करोड २९ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको छ । यस्तै कुमारी बैंकको ३० करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए