बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराबाट ७ वर्षीया बालिका बलात्कार आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

आइतबार, २६ पुस २०७७, १५ : ४०
आइतबार, २६ पुस २०७७

काठमाडौं । पोखराबाट प्रहरीले ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गुल्मी घर भई पोखरा महानगरपालिका–२६ चापाचौर बस्ने पुर्ण बहादुर थापा छन् ।

पुर्ण बहादुरले शनिवार आफ्नो डेरा नजिकै बस्ने बालिकालाई कोही नभएको मौका पारेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जिवन श्रेष्ठले रातोपाटीलाई बताए । 

बलात्कार आरोपी थापा पोखरामा ज्याला मजदुरी गर्थे । प्रहरीले उनलाई अदालतबाट जबर्जस्ती करणी मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । 

बालिकामाथि कुन हदसम्म दुव्र्यवहार भएको हो भन्नेबारे पीडितका आमाबुबासँग राखेर सोधपुछ गरिने एसपी श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप