बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ड्रग्स केसमा दिया मिर्जाका पूर्वम्यानेजर पक्राउ, २ सय किलो गाँजा बरामद

आइतबार, २६ पुस २०७७, १४ : ५९
आइतबार, २६ पुस २०७७

भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले ड्रग्स केसमा बलिउड अभिनेत्री दिया मिर्जाका पूर्व म्यानेजर राहित फर्निचरवालासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहिलाकी बहिनी शाइस्ता र अन्य दुई भारतीय नागरिक पनि छन् ।

उनीहरु सबैको साथबाट एनसिबीले गाँजा बरामद गरेको छ । यसरी जफत गरिएको गाँजाको परिमाण झन्डै २ सय किलो रहेको एनसिबीले जनाएकोछ । सुशान्त सिंह राजपूतको आत्महत्यापछि एनसिबीले ड्रग्स केसमा दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रित सिंह र अन्य सेलिब्रेटीसँग पनि अनुसन्धान गरेको छ । अर्जुन रामपाल, करण जौहर, कमेडियन भारती र उनका पति हर्ष लिम्बाचियाको नाम पनि छानिवनका क्रममा जोडिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप