प्रचण्डलाई सिंह बनाएँ, पछि मैलाई खान खोजे : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्न समय खर्चिएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफूले सिंह भनाइदिएको मान्छेले पछि आफैलाई खान खोजेको भन्दै टिप्पणी गरे ।
उनले भने, ‘निर्वाचनबाट बहुमत लिएर आएको प्रधानमन्त्रीलाई प्रधानमन्त्री हट्नुपर्छ कि हट्नुपर्छ भनियो । मैले नै दिएका अवसरहरुको दुरुपयोग गरियो । आफूले सिंह बनाइदिइयो आफैलाई झम्टिने अवस्था आयो ।’
संविधानले ५ वर्षमा निर्वाचन गर्ने कुरालाई मात्र स्थिरता नभनेको बताउँदै सरकार बन्न सकेन भने तत्काल चुनावमा जाने संविधानले व्यवस्था गरेको उनले जिकिर गरे ।
संविधानको धारा ७६ को ७ ले सो व्यवस्था गरेको उनको दावी छ । बहुमत कसैको आएन भने, दुई वा दुई दलभन्दा बढीको मिलेर सरकार बनाउन सकेनन् भने र बहुमतको सरकारले पनि राष्ट्रपतिबाट सिफारिस लिएर आएको १ महिनाभित्र विश्वासको मत प्राप्त गर्न सकेन भने, अल्पमतको मात्र हैन एउटा व्यक्ति प्रधानमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा उसको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्न सक्ने र नयाँ संसद्का लागि चुनाव हुने ओलीले दावी गरे ।
उनले बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिलाई अस्थिरता तर्फ धकेल्न थालिन्छ भने निरिहताको अवस्था आउने दावी गरे । यद्यपी उनले अहिले कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन नसकेकाले अस्थिरताको स्थिति नभएको तर्क गरे ।
उनले कतिपयले अध्यक्ष पद अर्कोलाई सरक्क छोडिदिएको भए यो अवस्था आउँदैन थियो भन्ने गरेको भन्दै ‘अध्यक्ष पद किन छोड्ने यो दान हो र ?’ भन्दै प्रश्न गरे । उनले भने–‘यो दान हो र कमन्डलु थाप्ने वित्तिकै लाउ भनेर दिने ? यो मोहोर सिक्का हो ? प्रधानमन्त्रीको जिम्मेवारी भनेको के हो ? यो जनताले सुम्पिएको अभिभारा हो जस्तोसुकैलाई जुनसुकै बिधिबाट सुम्पन सकिँदैन । कहिले अध्यक्ष छोड भनेको छ कहिले प्रधानमन्त्री छोड भनेको छ, प्रायोजित सञ्चार माध्यम प्रयोग गरेको छ । केही त्यस्तै खालका बुद्धिजीवीको झुण्डलाई प्रयोग गरेको छ ।’
देशमा अस्थीरता फैलाउने साझा प्रयासलाई प्रतिनिधि सभा विघटन गरेर रोकिएको उनको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी