सगरमाथाको छोरो

मनको पाखापखेराभरि
सुकिलो मुस्कान छर्ने
चिम्सो आँखा उघारेर
निर्दोष, निर्भय, प्रेमिल हेर्ने
चट्टानजतो चट्ट
हिउँजस्तो गोरो
अहो साथी !
तिमी त सगरमाथाको छोरो !
तिम्रो गालाको धर्साहरूमा
पहाडी खोल्सा रहेका छन्
तिम्रो बोलीको आवाजमा
छङ्छङ झरना बगेका छन्
चुचुरो माथि, माथिको
निलो
निश्चलताजस्तै सफा मन
छिनमै रिसाए जस्तो
छिनमै खुसाएजस्तो
हिमालजस्तै सुकिलो
सुन्दर आनीबानी छन्
तिम्रो आदतमा नेपालको
मनसुनी हावापानी छन्
जनता दुःख दिनलाई
स्वार्थ नमिले सरकार छोड्नेहरूजस्तै
कुर्सी नपाए सहमति तोड्नेहरूजस्तै
सत्ता टिकाउन असंवैधानिक कदम चाल्नेहरूजस्तै
माग पूरा गर्न सडकमा टायार बाल्नेहरूजस्तै
नेपाल बन्द गर्नेहरूजस्तै तिमीले
भरोसा बन्द नगर्नू
बरु यसैगरी,
साथीको भन्दा धेरैधेरै
सिर्जनाको प्रचार गर्नू
नागबेली भएर बग्ने निलो कञ्चन नदीजस्तो तिम्रो हार्दिकता
गन्तव्यमा पुर्याउने पहाडी गोरेटोजस्तै बनोस्
तिम्रो जिन्दगीको सान्दर्भिकता
सुकिलो मुस्कान
निर्दोष, निर्भय, प्रेमिल
चट्टानजतो चट्ट
हिउँजस्तो गोह्रो
अहो साथी !
तिमी त सगरमाथाको छोरो !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?
-
सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो