शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५ ग्राम खैरो हेरोईनसहित २ जना पक्राउ

आइतबार, २६ पुस २०७७, १४ : १५
आइतबार, २६ पुस २०७७

काठमाडौँ – झापा र मोरङबाट ५ ग्राम १६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने २३ वर्षीय अनिल सहनी र झापा गौरादह नगरपालिका–८ घर भई हाल दमक नगरपालिका–७ बगैँचा टोल बस्ने ३६ वर्षीय किसन
अग्रवाल रहेका प्रहरीले जनाएको छ । 

शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले मेचीनगर नगरपालिका–१० धुलाबारी चोकबाट अनिल सहनीलाई २ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित 
पक्राउ गरेको हो । 

प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, शनिबार बिहान  लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले मोरङ, विराटनगर महानगरपालिका–१३ स्थित कोशी राजमार्ग जतुवाबाट अग्रवाललाई ३ ग्राम १६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो । 

प्रहरीले बिशेष सूचनाको आधारमा भारतको जोगवनीबाट विराटनगरतर्फ आईरहेको मे.१ च ५८६२ नम्बरको कारलाई जाँचको क्रममा कार चालक किसनले लगाएको जिन्सको ज्याकेटमा खैरो हिरोईन फेला परेको थियो ।   

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप