आफ्नो फोटो नछापेको भन्दै सञ्चारमाध्यममाथि खनिए ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विशाल जनसभाको फोटो नछाप्ने तर विरोधीहरुले गरेको सामान्य विरोधलाई भने ‘हाइलाइट’ गरेर फोटो छापेको भन्दै सञ्चारमाध्यममाथि खनिएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै ओलीले सञ्चारमाध्यमहरुले आफुले गरेका कामको सञ्चारमाध्यमले प्रशंसा नगरेको भन्दै आक्रोश पोखेका हुन् ।
‘विशाल जनसभाको फोटो छापिदैन, तर सरकार विरोधी जमात देखियो भने हाइलाइट गरेर समाचार र फोटो छापिन्छ,’ प्रम ओलीको भनाइ छ ।
त्यसक्रममा उनले प्रचण्ड–माधव पक्षले कामै गर्न नदिएकाले संसद विघटन गर्नुपरेको पनि दोहोर्याए । प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षले प्रायोजित रुपमा सञ्चारमाध्यमहरु परिचालन गरेर सरकारको विरोध गर्न लगाएको टिप्पणी गरे । ‘प्रायोजित र अनेक लगानीका सञ्चारमाध्यम प्रयोग गरेको छ,’ ओलीको भनाइ छ ।
ओलीले सञ्चारमाध्यममात्रै होइन बुद्धिजिवीहरुको पनि आलोचना गरे । उनले भने, ‘केही त्यस्तै खालका बुद्धिजिवीहरुको एउटा झुण्डलाई प्रयोग गरेको छ । र देशलाई अस्थिरता फैलाउने प्रयास भएको छ ।’ उनले यस्तै अस्थिरता सिर्जना गर्ने प्रयासलाई रोक्न प्रतिनिधि सभा विघटन गरेर रोकेको दाबी गरे ।
उनले ताजा जनादेशमा गएर देशलाई स्थिरता र लोकतातन्त्रिक विधि पद्धतिलाई अगाडि बढाउने प्रयासस्वरुप संसद विघटन गर्नुपरेको बताए । उनले कतिपयले आफ्नो कदमलाई गैरजिम्मेवार भन्ने गरेको भन्दै गैरजिम्मेवारको अर्थको शब्द पल्टाएर हेर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी