भारतसँगको सम्बन्ध नयाँ उचाइँमा लान चाहन्छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको उल्लेख गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भारतसँग सकारात्मक रुपमा मित्रता बढाउन खोजेका कारण नै आफू प्रधानमन्त्री भएका बेला भारतसँगको सम्बन्धबारे बढी चर्चा हुने गरेको उल्लेख गरे ।
उनले भने, ‘कतिपय मानिसहरुले मलाई सोध्ने गर्छन् भारतसँगको सम्बन्धमा ब्यापक छलफल किन हुन्छ ? तपाईं प्रधानमन्त्री भएपछि बहस किन हुन्छ ? म प्रधानमन्त्री नै भएपछि किन हुन्छ भने म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु । मित्रता बढाउन चाहन्छु । मित्रतालाई सही अर्थमा गहिराईमा पु¥याउन चाहन्छुु । व्यापक बनाउन चाहन्छु । नयाँ उचाइँमा लान चाहन्छु ।’
उनले दुई देशका बिच सार्वभौम सत्ताका आधारमा मनदेखि सम्बन्ध बनाउन खोजेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपालको भूभाग हडपिएको थाहा पाएपनि भन्न नसक्ने, तर सम्बन्ध राम्र्रो छ भन्ने, भित्र चित्त बुझेको छैन बाहिर राम्रो छ भन्ने भन्दापनि आफ्ना समस्या राख्ने र त्यसमा छलफल गर्ने तर्क गरे । उनले भारतसँग मित्रतापूर्ण तरिकाले कुरा गरेको र त्यसबाट सफलता पनि पाएको उल्लेख गरे ।
उनले नेपालको भूभाग लिम्पियाधुरा समावेश गरेर नक्सा प्रकाशन गरेपछि भारतसँग सम्बन्ध बिग्रन्छ भनेर केही मान्छेले भनेपनि भारतको भूमि समावेश गरेर नक्सा प्रकाशन भएको भएपो सम्बन्ध बिग्रने भन्ने टिप्पणी गरे । उनले सुगौली सन्धीपछि १ सय ४६ वर्ष नेपालले भोग गरेको नक्साबाट गायब पारेको भूमि नक्सामा समेटेको बताए । उनले नक्सामा मात्र हैन व्यवहारमा पनि जमिन फिर्ता ल्याएर छोड्ने उल्लेख गरे । सरकारले गरेको यो कामबाट कतिपयलाई छटपटी भएको समेत उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल
-
५० हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन