शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको ‘केटी’ मृत फेला

आइतबार, २६ पुस २०७७, १३ : ५३
आइतबार, २६ पुस २०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृत ‘केटी’ फेला परेको हो । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार शनिबार साँझ मृतावस्थामा केटी फेला परेको हो । पोथी गैँडाको ब्रह्मखाग र खुर सुरक्षित रहेको अधिकारीले बताए ।  गैँडाको सो मृत बच्चासँगै चालु आर्थिक वर्ष २०७७/०७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी २०  गैँडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप