बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को बैठक सकियो, राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य

आइतबार, २६ पुस २०७७, १३ : ०५
आइतबार, २६ पुस २०७७

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । अघि केहीबेर अघि बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नेभएपनि प्रधानमन्त्रीले आज आकस्मिक बैठक डाकेका थिए ।

आज बस्ने राष्ट्रिय सभाको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति नेकपा प्रचण्ड नेपाल पक्ष तथा नेपाली काँग्रेसका सांसदले बिरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप